عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم قَالَ:
«إِذَا مَاتَ الْإِنْسَانُ انْقَطَعَ عَنْهُ عَمَلُهُ إِلَّا مِنْ ثَلَاثَةٍ: إِلَّا مِنْ صَدَقَةٍ جَارِيَةٍ، أَوْ عِلْمٍ يُنْتَفَعُ بِهِ، أَوْ وَلَدٍ صَالِحٍ يَدْعُو لَهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1631]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1631]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि मृत व्यक्तिको कर्म उसको मृत्युसँगै समाप्त हुन्छ, त्यसैले उसले मृत्युपछि यी तीन चीजहरू बाहेक अरूबाट पुण्य प्राप्त गर्नेछैन; किनकि ती तीन कुराहरू वास्तवमा उसैले गरेको थियो:
पहिलो: यस्तो दान (सदका), जसको पुण्य निरन्तर र स्थायी रूपमा प्राप्त भइरहन्छ र जसको क्रम कहिल्यै टुट्दैन। उदाहरणका लागि: वक्फ (धर्मार्थ गुठी), मस्जिद निर्माण, पिउने पानीका लागि इनार खन्ने तथा अन्य जनहितकारी कार्यहरू।
दोस्रो: यस्तो लाभदायी ज्ञान, जसबाट मानिसहरू निरन्तर लाभान्वित भइरहन्छन्। जस्तै: ज्ञानका पुस्तकहरूको लेखन, शिक्षण वा ज्ञानको प्रसार, जुन उक्त व्यक्तिको मृत्युपश्चात् पनि समाजमा फैलिइरहन्छ।
तेस्रो: यस्तो सदाचारी र आस्थावान् सन्तान, जसले आफ्ना मातापिताको मृत्यु पछि पनि उहाँहरूका लागि अल्लाहसँग प्रार्थना (दुआ) गरिरहन्छ।