عَنْ أَبِي مُوسَى الأَشْعَرِيِّ رضي الله عنه قَالَ:
أَتَيْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي رَهْطٍ مِنَ الأَشْعَرِيِّينَ أَسْتَحْمِلُهُ، فَقَالَ: «وَاللَّهِ لاَ أَحْمِلُكُمْ، مَا عِنْدِي مَا أَحْمِلُكُمْ» ثُمَّ لَبِثْنَا مَا شَاءَ اللَّهُ فَأُتِيَ بِإِبِلٍ، فَأَمَرَ لَنَا بِثَلاَثَةِ ذَوْدٍ، فَلَمَّا انْطَلَقْنَا قَالَ بَعْضُنَا لِبَعْضٍ: لاَ يُبَارِكُ اللَّهُ لَنَا، أَتَيْنَا رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ نَسْتَحْمِلُهُ فَحَلَفَ أَنْ لاَ يَحْمِلَنَا فَحَمَلَنَا، فَقَالَ أَبُو مُوسَى: فَأَتَيْنَا النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَذَكَرْنَا ذَلِكَ لَهُ، فَقَالَ: «مَا أَنَا حَمَلْتُكُمْ، بَلِ اللَّهُ حَمَلَكُمْ، إِنِّي وَاللَّهِ -إِنْ شَاءَ اللَّهُ- لا أَحْلِفُ عَلَى يَمِينٍ، فَأَرَى غَيْرَهَا خَيْرًا مِنْهَا، إِلَّا كَفَّرْتُ عَنْ يَمِينِي، وَأَتَيْتُ الَّذِي هُوَ خَيْرٌ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6718]
المزيــد ...
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
म अश्अरी जनजातिका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ । मैले उहाँसँग सवारी मागें तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीलाई सवारी दिन सक्दिनं र मसँग तिमीलाई दिने कुनै सवारी पनि छैन ।" त्यसपछि हामी अल्लाहले चाहनुभएको केही समयसम्म त्यहाँ बस्यौं । यसैबीच केही ऊँटहरू उहाँकहाँ आए, उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो । त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: अल्लाहले हाम्रो कार्य मा बर्कत (आशीर्वाद) दिँदैन। हामी ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो तर त्यसपछि उहाँले हामीलाई दिनुभयो । अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कि हामीबीच भएको कुराबारे अवगत गरायौं । उहाँले भन्नुभयो: "हेर, मैले तिमीलाई सवारीसाधन दिएको होइन । अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो । अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिन्छु र राम्रो मात्र रोज्छु।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6718]
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले मन्नत गरेका छन्, उनी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र उनीसँगै उनको जनजातिका अन्य सदस्यहरू पनि थिए । आउने उद्देश्य के थियो भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई सवारीसाधनको रुपमा केही ऊँटहरू प्रदान गरून्, ताकि तिनीहरू जिहादमा भाग लिन सकून् । तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले म तिमीहरूलाई सवारी दिन सक्दिनं र तिमीलाई दिने कुनै सवारी मसँग छैन भनेर कसम खानु भयो । त्यसैले तिनीहरू केही बेर पर्खेर बसे । त्यसपछि तीनवटा ऊँटहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र उहाँले ती ऊँटहरू तिनीहरूलाई दिन पठाउनुभयो । यो देखेर केही मानिसहरूले एक अर्कालाई भने: अल्लाहले हामीलाई यी ऊँटहरूमा बर्कत दिँदैनन्; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सवारी नदिने कसम खानुभएको थियो । त्यसैले तिनीहरू उहाँकहाँ आएर सोधे । उहाँले भन्नुभयो: वास्तवमा, अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो; किनभने उहाँले व्यवस्था गर्नुभएको हो। यो काम मद्वारा सम्पन्न भएकोले म एक माध्यम मात्र हुँ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जब म कुनै काम गर्ने वा नगर्ने कसम खान्छु र पछि त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिन्छु र राम्रो मात्र रोज्छु ।