عَنْ عَبْدِ اللهِ بنِ مَسْعُودٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَوَّلُ مَا يُقْضَى بَيْنَ النَّاسِ يَوْمَ الْقِيَامَةِ فِي الدِّمَاءِ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1678]
المزيــد ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1678]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामत (प्रलय) को दिन मानिसहरूले एकअर्कालाई पुर्याएको अन्यायको हिसाब-किताब गर्दा, सबैभन्दा पहिले रक्तपात; हत्या र शारीरिक चोट पुर्याइएका विषयहरूमाथि न्याय गरिनेछ।