عَنْ عَبْدِ اللهِ بنِ مَسْعُودٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَوَّلُ مَا يُقْضَى بَيْنَ النَّاسِ يَوْمَ الْقِيَامَةِ فِي الدِّمَاءِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1678]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1678]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामत (प्रलय) को दिन मानिसहरूले एकअर्कालाई पुर्याएको अन्यायको हिसाब-किताब गर्दा, सबैभन्दा पहिले रक्तपात; हत्या र शारीरिक चोट पुर्याइएका विषयहरूमाथि न्याय गरिनेछ।

हदीसका केही फाइदाहरू

  1. हदीसबाट प्रस्ट हुन्छ कि रक्तपातको मामिला धेरै नै महत्त्वपूर्ण छ। किनभने महत्त्वपूर्ण भएकोले (कयामत को दिन कर्म-हिसाबकिताबको) शुरुवात त्यसै विषयबाट गरिन्छ ।
  2. पापहरू तिनले निम्त्याउने हानिको व्यापकताअनुसार ठूला हुन्छन्। निर्दोष आत्माको हत्या गर्नु सबैभन्दा ठूलो हानिकारक क्षतिकार्य हो, र यसभन्दा ठूलो पाप केवल अल्लाहप्रति कुफ्र (अविश्वास) र शिर्क (बहुदेववाद) गर्नु हो।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप