عَنْ أُبَيِّ بْنِ كَعْبٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«لاَ تَسُبُّوا الرِّيحَ، فَإِذَا رَأَيْتُمْ مَا تَكْرَهُونَ فَقُولُوا: اللَّهُمَّ إِنَّا نَسْأَلُكَ مِنْ خَيْرِ هَذِهِ الرِّيحِ وَخَيْرِ مَا فِيهَا وَخَيْرِ مَا أُمِرَتْ بِهِ، وَنَعُوذُ بِكَ مِنْ شَرِّ هَذِهِ الرِّيحِ وَشَرِّ مَا فِيهَا وَشَرِّ مَا أُمِرَتْ بِهِ».
[صحيح] - [رواه الترمذي] - [سنن الترمذي: 2252]
المزيــد ...
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू हावालाई गाली नदेऊ। यदि तिमीले मन नपर्ने कुरा देख्यौ भने यसरी भन: हे अल्लाह, हामी यस हावाको भलाइ, यसमा भएको भलाइ, र जसको लागि यसलाई आदेश दिइएको छ त्यसको भलाइ माग्छौं। र र हामी यस हावाको हानी, यसमा भएको हानी, र जसको लागि यसलाई आदेश दिइएको छ त्यसको हानीबाट तिम्रो शरण माग्छौं।"
[सही] - [तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2252]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई हावालाई गाली गर्न वा सराप्नु निषेध गर्नुभएको छ। किनभने हावा आफ्नो सृष्टिकर्ताको आदेशमा चल्छ। कहिलेकाहीं यो दयाको रूपमा आउँछ र कहिलेकाहीं सजायको रूपमा। यसलाई गाली गर्नु भनेको अल्लाहलाई गाली गर्नु हो र उहाँको निर्णयप्रति असन्तोष देखाउनु हो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हावाको सृष्टिकर्ता, अर्थात् अल्लाहतर्फ फर्कन र हावाको भलाइ, यसमा भएका कुराहरूको भलाइ र यसलाई गर्न दिएको आदेशको भलाइ, जस्तै वर्षा, परागसञ्चार गर्ने आदिको भलाइको लागि प्रार्थना गर्न मार्गदर्शन दिनुभयो र अल्लाहसँग यसको नराम्रो, यसमा भएका नराम्रो कुरा र यसलाई गर्न दिएको आदेशको नराम्रो कुराबाट जोगिनग प्रार्थना गर्न भन्नु भयो। जस्तै बालीनाली र रूखहरूको क्षति, पशुधनको हत्या, घरहरूको विनाश, आदि बाट तिनीहरूको दुष्टताबाट शरण लिन प्रोत्साहन गर्नु भयो । वास्तवमा, यी कुराहरू अल्लाहसँग माग्नु पनि उहाँको उपासनाको एक अभ्यास हो।