+ -

عن خَوْلَةَ بِنْتَ حَكِيمٍ السُّلَمِيَّةَ قَالتْ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ نَزَلَ مَنْزِلًا ثُمَّ قَالَ: أَعُوذُ بِكَلِمَاتِ اللهِ التَّامَّاتِ مِنْ شَرِّ مَا خَلَقَ، لَمْ يَضُرَّهُ شَيْءٌ حَتَّى يَرْتَحِلَ مِنْ مَنْزِلِهِ ذَلِكَ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

खौलह बिन्ते हकीम सुलमिया (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्ला हित्ताम्माति मिन् शर्रि मा ख लक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक शर् (बिकृति) बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (अनुयायी) लाई पृथ्वीको कुनै पनि ठाउँमा यात्रा गर्दा, भ्रमण गर्दा वा पिकनिक इत्यादिको लागि जाँदा लाभकारी शरण खोज्नको लागि मार्गदर्शन गर्नुभएको छ, ताकि ऊ दुष्ट प्राणी र डर लाग्ने हरेक खराबीबाट सुरक्षित रहन सकोस् । उहाँले भन्नुभयो, जब कोही कुनै ठाउँमा ओर्लन्छ र हरेक दुष्ट प्राणीहरूको खराबीबाट अल्लाहका वचनहरूद्वारा शरण लिन्छ, जुन पुण्य, आशीर्वाद र लाभको दृष्टिकोणले पूर्ण छन् र सबै दोष र कमिबाट मुक्त छन्, तब ऊ त्यहाँ बसुन्जेल हरेक पीडादायी चीजहरू र दुष्ट प्राणीहरूबाट सुरक्षित रहन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. शरण खोज्नु पनि उपासना हो । तसर्थ, अल्लाह, उहाँको नाम वा उहाँका गुणहरूमा शरण लिनु ।
  2. अल्लाहको वचनमा शरण लिन अनुमति छ । किनभने अल्लाहको वचन उहाँको गुणहरू मध्ये एक हो । जबकि कुनै पनि प्राणीको शरण वा आश्रय लिनु मान्य छैन, किनभने यो शिर्क हो ।
  3. यस दुआ (प्रार्थना) को पुण्य र आशिष् ।
  4. आजकारद्वारा आफ्नो सुरक्षा खोज्छ भने अल्लाहले सेवकलाई हरेक शर (खराबी) बाट जोगाउँछ ।
  5. अल्लाह बाहेक जिन्न, जादूगर वा ठग आदिको शरण लिनु शिर्क हो ।
  6. सामान्य अवस्थामा वा यात्राको क्रममा कतै अवतरण गर्दा यो दुआ पढ्नु सुन्नत हो ।
थप