عن خَوْلَةَ بِنْتَ حَكِيمٍ السُّلَمِيَّةَ قَالتْ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ نَزَلَ مَنْزِلًا ثُمَّ قَالَ: أَعُوذُ بِكَلِمَاتِ اللهِ التَّامَّاتِ مِنْ شَرِّ مَا خَلَقَ، لَمْ يَضُرَّهُ شَيْءٌ حَتَّى يَرْتَحِلَ مِنْ مَنْزِلِهِ ذَلِكَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2708]
المزيــد ...

खौलह बिन्ते हकीम अस्- सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2708]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (अनुयायीहरु) लाई संसारको कुनै पनि ठाउँमा यात्रा गर्दा, भ्रमण गर्दा वा पिकनिक/बनभोज इत्यादिको लागि जाँदा लाभकारी शरण खोज्नको लागि मार्गदर्शन गर्नुभएको छ, ताकि ऊ दुष्ट प्राणी र डर लाग्ने हरेक खराबीबाट सुरक्षित रहन सकोस् । उहाँले भन्नुभयो, जब कोही कुनै ठाउँमा ओर्लन्छ र हरेक दुष्ट प्राणीहरूको खराबीबाट अल्लाहका वचनहरूद्वारा शरण लिन्छ, जुन पुण्य, आशीर्वाद र लाभको दृष्टिकोणले पूर्ण छन् र हरेक किसिमका दोष र कमिबाट मुक्त छन्, तब ऊ त्यहाँ बसुन्जेल हरेक पीडादायी चीजहरू र दुष्ट प्राणीहरूबाट सुरक्षित रहन्छ ।

हदीसका केही फाइदाहरू

  1. शरण खोज्नु पनि उपासना हो अर्थात, अल्लाह, उहाँको नाम वा उहाँका गुणहरूमा शरण लिनु ।
  2. अल्लाहको वचनमा शरण लिन अनुमति छ । किनभने अल्लाहको वचन उहाँको गुणहरू मध्ये एक हो । जबकि कुनै पनि प्राणीको शरण वा आश्रय लिनु मान्य छैन, किनभने यो शिर्क हो ।
  3. यस दुआ (प्रार्थना) को फाइदा र आशिष् ।
  4. अजकार/ दुवाहरु (प्रार्थना) द्वारा आफ्नो सुरक्षा खोज्दा अल्लाहले सेवकलाई हरेक हानी नोक्सानी (खराबी) बाट जोगाउँछन् ।
  5. अल्लाह बाहेक जिन्न, जादूगर वा धोकेबाज आदिको शरण लिनु शिर्क हो ।
  6. सामान्य अवस्थामा वा यात्राको क्रममा कतै ओर्लँदा दुआ पढ्नु सुन्नत हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप