عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنينَ رَضِيَ اللَّهُ عَنْهَا قَالَتْ:
مَا صَلَّى النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ صَلاَةً بَعْدَ أَنْ نَزَلَتْ عَلَيْهِ: {إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالفَتْحُ} [النصر: 1] إِلَّا يَقُولُ فِيهَا: «سُبْحَانَكَ رَبَّنَا وَبِحَمْدِكَ اللَّهُمَّ اغْفِرْ لِي».
وعَنْها قَالَتْ: كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يُكْثِرُ أَنْ يَقُولَ فِي رُكُوعِهِ وَسُجُودِهِ: «سُبْحَانَكَ اللهُمَّ رَبَّنَا وَبِحَمْدِكَ، اللهُمَّ اغْفِرْ لِي» يَتَأَوَّلُ الْقُرْآنَ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4967]
المزيــد ...
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, उनी भन्छिनः
सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)। र आयशाबाट नै वर्णित छ, उहाँले भन्नुभयो: "अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो नमाज रुकू र सुजूदमा धेरैजसो यो भन्ने गर्नुहुन्थ्यो: 'सुब्हानकल लाहुम्मा रब्बना व बिहम्दिका, अल्लाहू मग्फिर ली' (हे अल्लाह! हाम्रा पालनकर्ता, तपाईं पवित्र हुनुहुन्छ र सबै प्रशंसा तपाईंकै हुन्, हे अल्लाह! मलाई क्षमा गरिदिनुस्)। यसो गरेर, उहाँ वास्तवमा कुरआनको आदेशको पालना गर्नुहुन्थ्यो।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4967]
मोमिनहरूकी आमा आयशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ कि जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि "इजा जा-अ नसरुल्लाही वल फतह" (जब अल्लाहको मद्दत र विजय आउनेछ) अवतरण भयो, तब उहाँले कुरआनको मर्मलाई बुझ्नुभयो र अल्लाहको आदेश पालना गर्न हतार गर्नुभयो। अल्लाहको आदेश थियो: "आफ्नो पालनकर्ताको प्रशंसा सहित पवित्रताको वर्णन गर्नुहोस् र उनीसँग क्षमा माग्नुहोस्।" त्यसैले उहाँले नमाजको क्रममा रुकु र सुजूदमा यो दुआ धेरै पटक भन्ने गर्नुहुन्थ्यो: "सुब्हानक" (हे अल्लाह! तपाई हरेक किसिमको त्रुटि र अवगुणबाट पवित्र हुनुहुन्छ), "अल्लाहुम्मा रब्बना व बिहम्दिक" (हे हाम्रा पालनकर्ता अल्लाह! तपाईको पूर्ण अस्तित्व, गुण र कार्यहरूको लागि तपाईको सम्पूर्ण प्रशंसा छ), "अल्लाहुम्मा इग्फिरली" (हे अल्लाह! मेरा पापहरूलाई मेटाउनुहोस् र मलाई क्षमा गरिदिनुहोस्)।