+ -

عن ثَوْبَانَ رضي الله عنه قال:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا انْصَرَفَ مِنْ صَلَاتِهِ اسْتَغْفَرَ ثَلَاثًا، وَقَالَ: «اللَّهُمَّ أَنْتَ السَّلَامُ، وَمِنْكَ السَّلَامُ، تَبَارَكْتَ ذَا الْجَلَالِ وَالْإِكْرَامِ»، قَالَ الْوَلِيدُ: فَقُلْتُ لِلْأَوْزَاعِيِّ: كَيْفَ الْاسْتِغْفَارُ؟ قَالَ: تَقُولُ: أَسْتَغْفِرُ اللهَ، أَسْتَغْفِرُ اللهَ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 591]
المزيــد ...

सौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम् ।" वलीद भन्छन्: मैले औजाइलाई सोधें: इस्तिग्फार कसरी पढ्ने? उनले जवाफ दिए: अस्तग्-फिरूल्लाह’ अस्तग्-फिरूल्लाह’ (म अल्लाहसँग माफी माग्छु, म अल्लाहसँग माफी माग्छु) भन्नुपर्छ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 591]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) समाप्त गरेपछि ‘अस्तग्-फिरूल्लाह’ (हे अल्लाह! म तपाईंसँग माफी माग्दछु) तीन पटक पढ्नुहुन्थ्यो ।
त्यसपछि, आफ्नो पालनकर्ताको महानताको वर्णन गर्दै ‘अल्लाहुम्म अन्तस्सलामु व मिन्कस्सलामु तबारक्त या जल्-जलालि वल्-इक्राम्’ (हे अल्लाह! तपाईं शान्तिको स्रोत हुनुहुन्छ । तपाईंबाट मात्र शान्ति आउँछ । तपाईं धन्य, महान र आदरणीय हुनुहुन्छ) पढ्नुहुन्थ्यो । अर्थात्, अल्लाह आफ्ना गुणहरूमा शुद्ध र पूर्ण हुनुहुन्छ, उहाँ हरेक दोष र कमीकमजोरीबाट मुक्त हुनुहुन्छ । यस संसार र परलोकको खराबीबाट सुरक्षा केवल अल्लाहबाट खोजिनेछ र अरू कसैबाट होइन । अल्लाहको आशीर्वाद दुबै संसारमा अपार छ । उहाँ महान र परोपकारी हुनुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. सलाम पछि ‘अस्तग्-फिरूल्लाह’ पढ्नु र यस अभ्यासमा दृढ रहनु मुस्तहब (प्रोत्साहित कार्य) हो ।
  2. उपासनामा भएका कमीकमजोरी र भूलहरूको पूर्ति गर्न अल्लाहसँग माफी माग्नु मुस्तहब हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप