عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ سَبَّحَ اللهَ فِي دُبُرِ كُلِّ صَلَاةٍ ثَلَاثًا وَثَلَاثِينَ، وَحَمِدَ اللهَ ثَلَاثًا وَثَلَاثِينَ، وَكَبَّرَ اللهَ ثَلَاثًا وَثَلَاثِينَ، فَتْلِكَ تِسْعَةٌ وَتِسْعُونَ، وَقَالَ: تَمَامَ الْمِائَةِ: لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ غُفِرَتْ خَطَايَاهُ وَإِنْ كَانَتْ مِثْلَ زَبَدِ الْبَحْرِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 597]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 597]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ कि जसले प्रत्येक अनिवार्य नमाजपछि
‘सुब्हानअल्लाह’ ३३ पटक, (अर्थात् अल्लाहलाई हरेक किसिमको अवगुण बाट पवित्र ठहर्याउनु)
‘अल्हम्दु-लिल्लाह’ ३३ पटक, (अर्थात्, सम्पूर्ण सिद्ध गुणहरूको वर्णन गर्दै प्रेम र श्रद्धापूर्वक अल्लाहको प्रशंसा गर्नु)
‘अल्लाहु-अक्बर’ ३३ पटक, (अर्थात अल्लाह सबै भन्दा महान र महिमाशाली हुनुहुन्छ) पढ्छ र
त्यसपछि 'ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ (अर्थात् : अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन । सारा जगतका मालिक उहाँ नै हुनुहुन्छ । प्रेम र आदरका साथ सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् र उहाँ सबै कुरा गर्न सक्षम हुनुहुन्छ) १ पटक भनेर १०० को संख्या पुरा गर्छ।
जसले यी शब्दहरू भन्छ, उसका पापहरू क्षमा गरिन्छन्, चाहे ती पापहरू समुद्रमा छाल उठ्दा र उग्र हुँदा माथि देखिने सेतो फिँज जत्तिकै धेरै किन नहुन्।

हदीसका केही फाइदाहरू

  1. अनिवार्य प्रार्थनापछि उक्त शब्दहरू उच्चारण गरी जिक्र गर्नु पुण्यदायी हुन्छ।
  2. यो जिक्रले पाप क्षमा हुन्छ ।
  3. सर्वशक्तिमान अल्लाहको आशिष, दया र क्षमा महान छन्।
  4. यो जिक्र पाप क्षमा हुने कारण हो; अर्थात् यसद्वारा साना पापहरू मात्र मेटिन्छन्। ठूला पापहरूको क्षमा भने तौबा (सच्चा पश्चात्ताप) बाहेक अन्य कुनै कुराले हुँदैन।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप