+ -

عَنِ ‌ابْنِ أَبِي أَوْفَى رضي الله عنه قَالَ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا رَفَعَ ظَهْرَهُ مِنَ الرُّكُوعِ قَالَ: «سَمِعَ اللهُ لِمَنْ حَمِدَهُ، اللَّهُمَّ رَبَّنَا لَكَ الْحَمْدُ، مِلْءَ السَّمَاوَاتِ وَمِلْءَ الْأَرْضِ وَمِلْءَ مَا شِئْتَ مِنْ شَيْءٍ بَعْدُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 476]
المزيــد ...

अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 476]

व्याख्या

जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो टाउको उठाउनुहुन्थ्यो, तब उहाँले भन्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह् ।’ अर्थात् जसले अल्लाहको प्रशंसा गर्छ, अल्लाहले उसको प्रशंसा स्वीकार गर्नुहुन्छ र उसलाई इनाम दिनुहुन्छ । त्यसपछि निम्न शब्दहरूद्वारा अल्लाहको प्रशंसा गर्नुहुन्थ्यो: ‘अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ माशिअत मिन शैइन् बाअदु ।' अर्थात्, अल्लाहको प्रशंसा आकाश, पृथ्वी र तिनीहरू बीचमा जे छ त्यो बराबर छ र त्यसपछि अल्लाहले जे चाहनुहुन्छ ती सबै चीजहरूको विस्तार बराबर छ ।

हदीसका केही फाइदाहरू

  1. रुकुअबाट टाउको उठाउँदा भन्नु पर्ने जिक्रको उल्लेख ।
  2. रुकुअबाट उठेपछि एकदमै शान्तिपूर्ण तरिकाले सीधा उभिनु जरुरी छ । किनकि यो सम्पूर्ण जिक्र तब मात्र पढ्न सकिन्छ जब व्यक्ति पूर्ण शान्तिका साथ उभिएको हुन्छ ।
  3. प्रत्येक नमाजमा यो जिक्र पढ्नुपर्छ, चाहे त्यो अनिवार्य होस् वा नफल ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप