+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه:
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَرَأَ فِي رَكْعَتَيِ الْفَجْرِ: {قُلْ يَا أَيُّهَا الْكَافِرُونَ}، وَ{قُلْ هُوَ اللهُ أَحَدٌ}.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 726]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून}{सूरा अल-इखलास} पाठ गर्नु हुन्थ्यो।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 726]

व्याख्या

नबी (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको सुन्नत नमाजका दुई रकआतहरूमा, फातिहा पछि पहिलो रकअतमा सूरा अल-काफिरून र दोस्रो रकअतमा सूरा अल-इखलास पढ्नु उत्तम मान्नुहुन्थ्यो।

हदीसका केही फाइदाहरू

  1. फज्रको सुन्नत नमाजमा फातिहा पछि सूरा अल-काफिरून र सूरा अल-इखलास पढ्नु उत्तम मानिएको छ।
  2. यी दुई सूरतलाई "सूरा अल-इखलास" पनि भनिन्छ, जसका कारणहरू तल उल्लेख गरिएका छन्:
  3. सूरा अल-काफिरून मा, अल्लाहले सम्पूर्ण बहुदेववादीहरूको शिर्क (अल्लाह बाहेक अरूलाई पूजा गर्नु) बाट पवित्रता र दूरीको स्पष्टता दिइएको छ। अनि तिनीहरू अल्लाहका दासहरू पनि होइनन् किनभने तिनीहरूको बहुदेववादले तिनीहरूका कर्महरूलाई बर्बाद पार्छ, र सर्वशक्तिमान अल्लाह नै उपासनाको योग्य हुनुहुन्छ। सूरा अल-इखलास मा, अल्लाहको तौहीद (अल्लाहको एकेश्वरवाद ) र इखलास (साँचो निष्ठा) को स्पष्ट विवरण छ। यसले अल्लाहका अद्वितीय र अक्षय गुणहरूको पुष्टि गर्दछ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप