+ -

عَنْ أُمِّ حَبِيبَةَ رضي الله عنها زَوْجِ النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالت: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ حَافَظَ عَلَى أَرْبَعِ رَكَعَاتٍ قَبْلَ الظُّهْرِ وَأَرْبَعٍ بَعْدَهَا حَرَّمَهُ اللَّهُ عَلَى النَّارِ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد] - [سنن الترمذي: 428]
المزيــد ...

उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सलल्लाहु अलैहि वसल्लम) की श्रीमतीले भन्नुहुन्छ: मैले अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)लाई भन्नु भएको सुनेँ:
"जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई नर्कबाट जोगाउनु हुनेछ।"

[सही] - - [सुनन् तिर्मिजी - 428]

व्याख्या

नबी (सलल्लाहु अलैहि वसल्लम)ले ती व्यक्तिलाई शुभ समाचार दिनुभयो, जसले जुहरको नमाजअघि चार रकआत सुन्नत र जुहरपछि चार रकआत सुन्नत अदा गर्छन्, र यसलाई निरन्तरता दिन्छन्। यस्तो व्यक्तिलाई अल्लाहले नर्कको आगोबाट सुरक्षित गर्नु हुनेछ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत)लाई नियमित रूपमा अदा गर्नु अत्यन्त राम्रो मानिएको छ।
  2. फराइज (अनिवार्य) नमाजको अघि अदा गरिने सुन्नत नमाजहरू का केहि लाभहरू छन्, जसमध्ये मुख्य रूपमा: नमाजीको आत्मा र मनलाई फराइज नमाजका लागि तयार पार्नु, र पछिका (सुन्नत) नमाजहरूको उद्देश्य भनेको फराइज नमाजमा भएको कुनै त्रुटि वा कमीकमजोरीलाई पूरा गर्नु हो।
  3. सुन्नत नमाजहरूको धेरै फाइदाहरु छन्, जसमा समावेश छन्: पुण्यको वृद्धी, पापहरूको माफी, र उच्च स्थान प्राप्ति।
  4. अहले सुन्नतको सिद्धान्त वचनसम्बन्धी हदीसहरूको व्याख्यामा यो हो कि: यो हदीस तौहीदमाथि विश्वास राखेर मर्ने व्यक्तिको बारेमा हो, र यसको अर्थ यो हो कि नरकमा सधैंको लागी रहने छैन, किनकि तौहीदमा विश्वास राख्ने पाप गरेको व्यक्तिले दण्ड भोगनु पर्छ , तर उसलाई नरकमा शाश्वत रूपमा राखिँदैन।