+ -

عن أبي هريرة رضي الله عنه قال:
أَتَى النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلٌ أَعْمَى، فَقَالَ: يَا رَسُولَ اللهِ، إِنَّهُ لَيْسَ لِي قَائِدٌ يَقُودُنِي إِلَى الْمَسْجِدِ، فَسَأَلَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنْ يُرَخِّصَ لَهُ فَيُصَلِّيَ فِي بَيْتِهِ، فَرَخَّصَ لَهُ، فَلَمَّا وَلَّى دَعَاهُ، فَقَالَ: «هَلْ تَسْمَعُ النِّدَاءَ بِالصَّلَاةِ؟» فَقَالَ: نَعَمْ، قَالَ: «فَأَجِبْ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 653]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिद सम्म डोर्याएर ल्याउने कोही मान्छे छैन । त्यसैले मलाई घरमा नमाज पढ्न अनुमति दिनुहोस् । उहाँले (सुरुमा) उसलाई अनुमति दिनुभयो, तर जब ती व्यक्ति बाहिर निस्कन लागे, उहाँले तीनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 653]

व्याख्या

एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिदमा ल्याउन मद्दत गर्ने र पाँचवटा अनिवार्य सलाहको लागि मस्जिदमा हात समातेर ल्याउने कोही मान्छे छैन । वास्तवमा, उनी घरमा नमाज पढ्न रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अनुमति चाहन्थे । उहाँले (सुरुमा) अनुमति पनि दिनुभयो, तर जब उनी बाहिर निस्कन थाले, उहाँले उनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" जब उनले सुन्छु भनेर जवाफ दिए, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाई नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"

हदीसका केही फाइदाहरू

  1. जमातका साथ नमाज पढ्नु वाजिब हो, किनकि छूट वाजिब र अनिवार्य कुरामा मात्र दिइन्छ ।
  2. उहाँको भनाइ ‘फअजिब्’ (सलाहको लागि बोलाउनेको आह्वानलाई स्वीकार गर्नुहोस्) ले अजान सुन्ने व्यक्तिको लागि मस्जिदमा जानु र नमाज पढ्नु अनिवार्य हो भन्ने कुरा स्पष्ट हुन्छ । किनभने आदेश मूलतः वाजिब कुराको लागि हुन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية الخميرية
अनुवादहरू हेर्नुहोस्
थप