+ -

عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رضي الله عنهما أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ أَكَلَ ثُومًا أَوْ بَصَلًا، فَلْيَعْتَزِلْنَا -أَوْ قَالَ: فَلْيَعْتَزِلْ- مَسْجِدَنَا، وَلْيَقْعُدْ فِي بَيْتِهِ»، وَأَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أُتِيَ بِقِدْرٍ فِيهِ خَضِرَاتٌ مِنْ بُقُولٍ، فَوَجَدَ لَهَا رِيحًا، فَسَأَلَ فَأُخْبِرَ بِمَا فِيهَا مِنَ البُقُولِ، فَقَالَ قَرِّبُوهَا إِلَى بَعْضِ أَصْحَابِهِ كَانَ مَعَهُ، فَلَمَّا رَآهُ كَرِهَ أَكْلَهَا، قَالَ: «كُلْ فَإِنِّي أُنَاجِي مَنْ لاَ تُنَاجِي». ولِمُسْلِمٍ عَنْ جَابِرِ بْنِ عَبْدِ اللهِ، عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «مَنْ أَكَلَ مِنْ هَذِهِ الْبَقْلَةِ، الثُّومِ - وقَالَ مَرَّةً: مَنْ أَكَلَ الْبَصَلَ وَالثُّومَ وَالْكُرَّاثَ فَلَا يَقْرَبَنَّ مَسْجِدَنَا، فَإِنَّ الْمَلَائِكَةَ تَتَأَذَّى مِمَّا يَتَأَذَّى مِنْهُ بَنُو آدَمَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 855]
المزيــد ...

हजरत जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा)द्वारा वर्णन छ : नबी-ए-करीम(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो :
"जसले लसुन वा प्याज खाएको छ, ऊ हामीदेखि परै रहोस्" वा उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो : "ऊ हाम्रो मस्जिद भन्दा टाढै रहोस् र ऊ आफ्नै घरमा बसोस् ।" र नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा भाँडो ल्याइयो, जसमा हरियो तरकारी थियो, र उहाँलाई त्यसको गन्ध आयो, उहाँले सोध्नु भयो र उहाँलाई त्यसमा के-के छ भनेर भनियो । उहाँले भन्नुभयो : यसलाई मेरा कुनै साथी नजिक गरि देऊ, जो संगै थिए । जब उनले त्यसलाई देखे, उनले त्यसलाई खान मन पराएनन्, उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नु भयो: " तिमी खाऊ, किन कि म उसित (फरिश्ताहरू) कुरा गर्छु, जससित तिमी कुरा गर्दैनौ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 855]

व्याख्या

नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले जसले लसुन वा प्याज खाएको छ, उनलाई मस्जिदमा नआउने आदेश दिनु भएको छ । कतै उसले जमातको नमाजमा उपस्थित भएका भाइहरूलाई उसको दुर्गन्धले कष्ट नहोस् । यो मनाही मस्जिदमा आउनका निमित्त (तन्जिही) मनाही हो । यी खान हुँदैन भनेर होइन । किन कि ती खानेकुराहरू वैध हुन् । उहाँ(सल्लल्लाहु अलैहि वसल्लम) निर एउटा भाँडो ल्याइयो जसमा तरकारी थियो । तर जब उहाँले त्यसमा दुर्गन्ध महसुस गर्नुभयो र त्यसमा यो छ भनेर बताइयो, उहाँले आफूले खानु नभएर खुवाउन उहाँका एक जना साथी तिर बढाइ दिनु भयो । उनले त्यसैले उहाँको अनुकरण गर्दै खाना मन पराएनन् , तर उहाँले (सल्लल्लाहु अलैहि वसल्लम)उनलाई (नखाएको) देखेर भन्नु भयो : तिमी त खाऊ ; म चाहिँ वह्यी ल्याउने वाला फरिश्तासँग कुराकानी गर्छु । ( त्यसैले म खान्न । )
उहाँले बताउनु भयो कि गन्हाउने बस्तुबाट फरिश्ताहरूलाई पनि यसरी नै कष्ट हुन्छ जसरी मान्छेहरुलाई हुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई जर्मन पुश्तु असमिया अम्हारिक डच गुजराती रोमानियन मालागासी ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. त्यो मान्छेलाई मस्जिद आउन रोकिएको छ जसले लसुन वा प्याज अथवा प्याजको पात (जस्तै प्रकारको एक किसिमको साग ) खाएको छ ।
  2. यी चिजहरूको सूचिमा ती सबै कुराहरूलाई राखिएको छ जो नमाजीहरूलाई दु:ख दिने कारण बन्छन् ,जस्तै चुरोट, खैनी आदी ।
  3. मनाहीको कारण गन्ध हो । यदि धेरै पकाएर गन्ध हरायो भने यो मन नपाइने कारण पनि खतम हुन्छ ।
  4. जो मान्छेलाई मस्जिद आएर नमाज पढ्नु छ उसका लागि यी चिजहरू खानु राम्रो मानिएको छैन । कतै मस्जिदमा जमातका साथ नमाज न छुटोस् । यदि मान्छेले मस्जिद न आउने बाहाना गर्नका लागि यो कुराहरू सेवन गर्छ भने यी कुराहरू खान हराम (अवैध ) हुन्छ ।
  5. नबी-ए-करीम (सल्लल्लाहु अलैहि वसल्लम) यी कुराहरू हराम भएका भएर न खानु हुने होइन । उहाँले जिब्रईलसँग (अलैहिस्सलामसित) कुरा गर्नु हुने भएको भएर खान चाहनु हुन्थेन ।
  6. नबी-ए-करीम(सल्लल्लाहु अलैहि वसल्लम)को उत्तम प्रशिक्षणको तरिका कि उहाँले आदेशका साथ साथ कारण पनि बताइ दिनु भयो । भेद बुझेर सम्बोधित मान्छेलाई ढुक्क होस् भनेर ।
  7. काजी (रहिमहुल्लाह) भन्नु हुन्छ: यसमा उलमाहरूले त्यो नमाज पढ्ने ठाउँहरू जस्तै ईद गाह, जनाजा पढ्ने ठाउँ र यसका जस्तै अन्य उपासना स्थानहरूलाई पनि यसैमा सामेल गरेका छन् । यसरी नै ज्ञान आर्जन गर्न ठाउँ र जिक्र गर्ने ठाउँ, प्रितीभोजका जस्ता अन्य मज्लिसहरूलाई पनि यसैमा अनुमान लगाएका छन् । तर यसमा बजार र यस जस्तै अन्य स्थानहरूलाई समावेश हुँदैनन् ।
  8. उलमाहरू भन्छन् : लसुन खाएको मान्छेलाई मस्जिद पस्नमा पनि रोक लगाइनेछ । किन कि मस्जिदमा फरिश्ताहरू हुन्छन् । साथै हदीसको आम अर्थको माग पनि यही हो ।
थप