عَن أَبِي بُرْدَةَ بْنِ أَبِي مُوسَى رَضِيَ اللَّهُ عَنْهُ قَالَ:
وَجِعَ أَبُو مُوسَى وَجَعًا شَدِيدًا، فَغُشِيَ عَلَيْهِ وَرَأْسُهُ فِي حَجْرِ امْرَأَةٍ مِنْ أَهْلِهِ، فَلَمْ يَسْتَطِعْ أَنْ يَرُدَّ عَلَيْهَا شَيْئًا، فَلَمَّا أَفَاقَ، قَالَ: أَنَا بَرِيءٌ مِمَّنْ بَرِئَ مِنْهُ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، إِنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بَرِئَ مِنَ الصَّالِقَةِ وَالحَالِقَةِ وَالشَّاقَّةِ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1296]
المزيــد ...
अबू बुरदा बिन अबू मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
अबू मुसा अल-अशअरी रजियल्लाहु अन्हु) धेरै बिरामी परे। (रोग यति गम्भीर थियो कि) उनी बेहोस भए। उनको टाउको उनको घरकी एक महिलाको काखमा थियो, (जो ठूलो स्वरले रोइरहेकी थिइन्) र उनी (बेहोस भएको कारणले) उनलाई जवाफ दिन सकेनन्। त्यसैले जब उनी होशमा आए, उनले भने: म ती सबै सँग सम्बन्ध नरहेको घोषणा गर्दछु जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्ने महिलाहरूको बारेमा आफ्नो (इस्लामी) सम्बन्ध सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1296]
अबू बुर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मुसा (रजियल्लाहु अन्हु) एक पटक धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उहाँले होस गुमाउनुभयो। त्यस समयमा, उनको टाउको उनको घरको एक महिलाको काखमा थियो, जसले उनको रोग देखेर रुन र विलाप गर्न थालिन्। तर बेहोसीको कारणले गर्दा उनी जवाफ दिन सकेनन् त्यसैले जब उनी होसमा आए, उनले भने: म ती सबैबाट निर्दोष छु जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निर्दोष घोषित गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न महिलाहरूबाट निर्दोष छु भनेर घोषणा गर्नुभएको छ: सालिका: दुःखको समयमा कराउने महिला। हालिका: समस्याको समयमा आफ्नो कपाल खौरने महिला। शाक्का: दुःखको समयमा आफ्नो लुगा च्यात्ने महिला। किनभने यी अज्ञानताको युगका कुरा हुन्। इस्लामले हामीलाई कठिनाइको समयमा धैर्य गर्न र अल्लाहबाट प्रतिफलको आशा गर्न आदेश दिनु भएको छ।