हदीसहरूको सूची

के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।
عربي الإنجليزية الأوردية
समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ
عربي الإنجليزية الأوردية
जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।
عربي الإنجليزية الأوردية
जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।
عربي الإنجليزية الأوردية
“(नमाजमा) पुरुषहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति अन्तिम पङ्क्ति हो। त्यस्तै गरी, महिलाहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति पहिलो पङ्क्ति हो।”
عربي الإنجليزية الأوردية
मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ
عربي الإنجليزية الأوردية