عَنْ حِطَّانَ بْنِ عَبْدِ اللهِ الرَّقَاشِيِّ قَالَ: صَلَّيْتُ مَعَ أَبِي مُوسَى الْأَشْعَرِيِّ صَلَاةً، فَلَمَّا كَانَ عِنْدَ الْقَعْدَةِ قَالَ رَجُلٌ مِنَ الْقَوْمِ: أُقِرَّتِ الصَّلَاةُ بِالْبِرِّ وَالزَّكَاةِ، قَالَ: فَلَمَّا قَضَى أَبُو مُوسَى الصَّلَاةَ وَسَلَّمَ انْصَرَفَ فَقَالَ: أَيُّكُمُ الْقَائِلُ كَلِمَةَ كَذَا وَكَذَا؟ قَالَ: فَأَرَمَّ الْقَوْمُ، ثُمَّ قَالَ: أَيُّكُمُ الْقَائِلُ كَلِمَةَ كَذَا وَكَذَا؟ فَأَرَمَّ الْقَوْمُ، فَقَالَ: لَعَلَّكَ يَا حِطَّانُ قُلْتَهَا؟ قَالَ: مَا قُلْتُهَا، وَلَقَدْ رَهِبْتُ أَنْ تَبْكَعَنِي بِهَا، فَقَالَ رَجُلٌ مِنَ الْقَوْمِ: أَنَا قُلْتُهَا، وَلَمْ أُرِدْ بِهَا إِلَّا الْخَيْرَ، فَقَالَ أَبُو مُوسَى: أَمَا تَعْلَمُونَ كَيْفَ تَقُولُونَ فِي صَلَاتِكُمْ؟ إِنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ خَطَبَنَا فَبَيَّنَ لَنَا سُنَّتَنَا وَعَلَّمَنَا صَلَاتَنَا، فَقَالَ:
«إِذَا صَلَّيْتُمْ فَأَقِيمُوا صُفُوفَكُمْ، ثُمَّ لِيَؤُمَّكُمْ أَحَدُكُمْ فَإِذَا كَبَّرَ فَكَبِّرُوا، وَإِذْ قَالَ: {غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلا الضَّالِّينَ} [الفاتحة: 7]، فَقُولُوا: آمِينَ، يُجِبْكُمُ اللهُ، فَإِذَا كَبَّرَ وَرَكَعَ فَكَبِّرُوا وَارْكَعُوا، فَإِنَّ الْإِمَامَ يَرْكَعُ قَبْلَكُمْ، وَيَرْفَعُ قَبْلَكُمْ»، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَتِلْكَ بِتِلْكَ، وَإِذَا قَالَ: سَمِعَ اللهُ لِمَنْ حَمِدَهُ، فَقُولُوا: اللَّهُمَّ رَبَّنَا لَكَ الْحَمْدُ، يَسْمَعِ اللهُ لَكُمْ، فَإِنَّ اللهَ تَبَارَكَ وَتَعَالَى قَالَ عَلَى لِسَانِ نَبِيِّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: سَمِعَ اللهُ لِمَنْ حَمِدَهُ، وَإِذَا كَبَّرَ وَسَجَدَ فَكَبِّرُوا وَاسْجُدُوا، فَإِنَّ الْإِمَامَ يَسْجُدُ قَبْلَكُمْ وَيَرْفَعُ قَبْلَكُمْ»، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَتِلْكَ بِتِلْكَ، وَإِذَا كَانَ عِنْدَ الْقَعْدَةِ فَلْيَكُنْ مِنْ أَوَّلِ قَوْلِ أَحَدِكُمُ: التَّحِيَّاتُ الطَّيِّبَاتُ الصَّلَوَاتُ لِلهِ، السَّلَامُ عَلَيْكَ أَيُّهَا النَّبِيُّ وَرَحْمَةُ اللهِ وَبَرَكَاتُهُ، السَّلَامُ عَلَيْنَا وَعَلَى عِبَادِ اللهِ الصَّالِحِينَ، أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَشْهَدُ أَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 404]
المزيــد ...
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक व्यक्तिले भन्यो: नमाज धार्मिकता र जकात संग स्थापित गरिएको छ । जब अबू मुसा (रजियल्लाहु अन्हु) ले आफ्नो नमाज पूरा गरे अनि सलाम फेरेर मानिसहरूतर्फ फर्के तब भने: तिमीहरूमध्ये कसले यो भन्यो? जब कसैले जवाफ दिएनन्, उनले फेरि सोधे: तिमीहरूमध्ये कसले यो भन्यो? त्यसपछि उनले भने: हे हित्तान! सायद तिमिले भन्यौ होला ! उसले भन्यो: मैले भनेको होइन, मलाई डर थियो सायद तपाईंले मलाई गाली गर्नुहुन्छ । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने: मैले भनेको हो र मेरो नियत राम्रो थियो । त्यसपछि अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) ले भने: नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई हामीले गर्नुपर्ने सुन्नतहरू स्पष्ट पार्नुभयो र हामीलाई नमाज पढ्ने तरिका सिकाउनुभयो । उहाँले ले भन्नुभयो :
"जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एकले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ पढ्नुहोस् ।
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 404]
अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले नमाज पढाउनुभयो । तशह्हुदमा बसिरहेको बेला उनको पछाडि नमाज पढिरहेको एक व्यक्तिले 'कुर्आनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको कुरा गर्यो । नमाज समाप्त भइसकेपछि उनी मानिसहरू तिर फर्के र तिनीहरूलाई सोधे : ‘कुरआनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको छ’ भनी तिमीहरूमध्ये कसले भनेको छ? जब सबै चुप लागे र कसैले जवाफ दिएनन्, उनेल फेरि प्रश्न सोधे, तर कसैले कुनै जवाफ दिएनन् । तब अबू मुसा (रजियल्लाहु अन्हु) ले हित्तानलाई भने, हे हित्तान! सायद तिमिले भन्यौ होला ! किनभने उनी साहसी व्यक्ति थिए र उनीसँग उनको गहिरो सम्बन्ध र ठूलो निकटता थियो, जसका कारण यो आरोपले उनलाई चोट पुर्याउने सम्भावना कम थियो । साथै, यसको उद्देश्य वास्तविक वक्तालाई पत्ता लगाउनु पनि थियो । तर हित्तानले त्यसलाई अस्वीकार गर्दै भने: तपाईंले मलाई गाली गर्नुहुन्छ भन्ने डर लगेको थियो । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने मैले भनेको थिए र मेरो नियत राम्रो थियो । त्यसमा अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले उनलाई निर्देशन दिदै भने, नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? यो वास्तवमा उनको भनाइको एक प्रकारको खण्डन थियो । तब अबू मुसा अशअरी (रजियल्लाहु अन्हु) ले बयान गरे, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई शरीयत र नमाज सिकाउनुभयो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
जब तपाईं नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा र बराबर राख्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक जनाले मानिसहरूलाई इमामत गरुन् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि उस्तै तकबीर भन्नुहोस् । जब उनले सूरह फातिहा पढ्छन् र {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) मा पुग्छन् भने तपाईंहरू आमीन भन्नुहोस् । जब तपाईं यसो गर्नुहुन्छ, अल्लाहले तपाईंहरूको दुआ स्वीकार गर्नुहुनेछ । त्यसपछि जब इमामले तकबीर भन्छन् र रुकुअमा जान्छन्, तब तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । इमाम तपाईंहरू भन्दा पहिला रूकुअ गर्छन् र रूकुअबाट उठ्नेछन् । त्यसैले इमाम भन्दा अगाडि नजानुहोस् । रूकुअमा जाने क्षणिक ढिलाइ रूकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ र यसरी तपाईको रूकुअको लम्बाइ इमामको रूकुअको लम्बाइ बराबर हुनेछ । त्यसपछि जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, अल्लाहले तपाइँको बिन्ती र भनाई सुन्नुहुन्छ । अल्लाहले यो कुरा रसूल मार्फत भन्नुभयो । त्यसपछि जब इमामले तकबीर भन्छन् र सज्दामा जान्छन्, मुक्तदीहरूले पनि तकबीर भन्नुपर्छ र सज्दामा जानुपर्छ । इमाम तिनीहरूको अगाडि सजदामा जान्छन् र तिनीहरूको अगाडि सजदाबाट उठ्नेछन् । यसरी सजदामा जानको क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइबाट पूरा हुनेछ र यसरी तिनीहरूको सजदाको लम्बाइ इमामको सजदाको लम्बाइ बराबर हुनेछ । त्यसपछि तशह्हुदको लागि बस्दा सबैभन्दा पहिले यो दुआ पढ्नुहोस्: ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह’ अर्थात् राज्य, अस्तित्व र महानता यी सबै चीजहरू केवल अल्लाहका लागि हुन् । त्यसैगरी सबै पाँच सलाहहरू अल्लाहका लागि हुन् । त्यसपछि ‘अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्’ भन्नुहोस् । हामी हरेक दोष, कष्ट, कमी र भ्रष्टाचारबाट सुरक्षाको लागि दुआ गर्छौं विशेष गरी मुहम्मद सल्लल्लाहु अलैहि वा सल्लमको लागि दरुद पठाउँछौं । त्यसपछि हामी आफैलाई सलाम गर्छौं र अल्लाहका ती धर्मी सेवकहरूलाई अभिवादन पठाउँछौं जसले अल्लाह र उहाँका सेवकहरूको अनिवार्य कर्तव्यहरू पूरा गर्छन् । त्यसपछि हामी गवाही दिन्छौं, अल्लाह बाहेक कोही उपासना योग्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सेवक र दूत हुनुहुन्छ ।