عَنْ وَائِل بن حُجرٍ رضي الله عنه قَالَ:
صَلَّيْتُ مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَكَانَ يُسَلِّمُ عَنْ يَمِينِهِ: «السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ»، وَعَنْ شِمَالِهِ: «السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ».

[حسن] - [رواه أبو داود] - [سنن أبي داود: 997]
المزيــد ...

वाइल बिन हुजर (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्:
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने तर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो र देब्रेतर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो।

[हसन] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 997]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब आफ्नो नमाज समाप्त गर्न चाहनुहुन्थ्यो, तब उहाँ आफ्नो दाहिनेपट्टि अनुहार फर्काएर यसरी सलाम गर्नुहुन्थ्यो: (अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह)। अनि आफ्नो बायाँपट्टि अनुहार फर्काएर यसरी सलाम गर्नुहुन्थ्यो: (अस्सलामु अलैकुम व रहमतुल्लाह)

हदीसका केही फाइदाहरू

  1. नमाजमा दुबै तर्फ सलाम गर्नु र यो नमाजको अस्तम्भ (रुक्न) हो।
  2. कहिलेकाहीं सलाम फेर्दा "वबरकातुह" थपेर सलाम फेर्नु मुसतहब हो, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सधैं यो शब्द प्रयोग गर्नुभएन।
  3. नमाजमा जिब्रोले दुई सलामका शब्दहरू भन्नु अनिवार्य रुक्न हो। यद्यपि, जिब्रोले सलामका शब्दहरू उच्चारण गर्दा अनुहार फेर्नु मुस्तहब हो।
  4. अनुहार मोड्दै गर्दा "अस्-सलामु अलैकुम वा रहमतुल्लाही" भन्नुपर्छ, न त पहिले न पछि।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (44)
थप