+ -

عَنْ عَبْدِ الرَّحْمَنِ بْنِ أَبِي لَيْلَى قَالَ: لَقِيَنِي كَعْبُ بْنُ عُجْرَةَ، فَقَالَ: أَلاَ أُهْدِي لَكَ هَدِيَّةً؟
إِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ خَرَجَ عَلَيْنَا، فَقُلْنَا: يَا رَسُولَ اللَّهِ، قَدْ عَلِمْنَا كَيْفَ نُسَلِّمُ عَلَيْكَ، فَكَيْفَ نُصَلِّي عَلَيْكَ؟ قَالَ: «فَقُولُوا: اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا صَلَّيْتَ عَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ، اللَّهُمَّ بَارِكْ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا بَارَكْتَ عَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अब्दुर रहमान बिन अबु लैला भन्छन्, काअब बिन उजराले मलाई भेटे र भने: के म तिमीलाई उपहार नदिउँ?"
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ? उहाँले भन्नुभयो: "तिमीहरू यसरी भन: ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, इन्नक हमीदुम्मजीद्’ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, हामी 'अत्तहिय्यातु' मा "अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु" द्वारा तपाईंलाई सलाम (अभिवादन) गर्ने तरिका सिकेका छौं, तर दरुद कसरी पठाउने "? त्यसपछि उहाँले दरुद पठाउने तरिका सिकाउनुभयो, जसको अर्थ हो : "अल्लाहुम्म सल्लि अला मुहम्मद्" हे अल्लाह! मल-इल्-आला (उत्कृष्ट र नजिकका फरिश्ताहरू) मा उहाँको उल्लेखनीय प्रशंसा गर्नुहोस् र उहाँका आस्थावान आफन्तहरू तथा अनुयायीहरूमाथि । "कमा सल्लैत अला इब्राहीम्" जसरी तपाईंले इब्राहीमको परिवारमाथि आशिर्वाद अवतरण गर्नुभएको छ । इब्राहीम्को परिवार भनेको इब्राहीम, इस्माइल, इसहाक र तिनीहरूका सन्तान र तिनीहरूका आस्थावान अनुयायीहरू हुन् । त्यसरी नै मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि आफ्नो अनुग्रह विस्तार गर्नुहोस् । "इन्नक हमीदुम्मजीद्" अर्थात : तपाईं आफ्नो स्वभाव, गुण र कर्ममा प्रशंसनीय हुनुहुन्छ र अपार महानता, महिमा र आशीर्वादको मालिक हुनुहुन्छ । "अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्" अर्थात्, उहाँलाई सबैभन्दा ठूलो भलाइ र सम्मान प्रदान गर्नुहोस् र यसमा अझै वृद्धि गर्नुहोस् र यसलाई स्थायी राख्नुहोस् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज सवाहिली पुश्तु असमिया स्विडेनी अम्हारिक गुजराती किर्गिज योरुबा एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. सलफ (आग्रह) हरूले एक-अर्कालाई ज्ञानको उपहार दिने गर्थे ।
  2. नमाजको अन्तिम तशहुदमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मा
  3. दरुद (आशीर्वाद) पठाउनु अनिवार्य छ ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई उहाँमाथि दरुद (आशीर्वाद र शान्ति) पठाउने तरिका सिकाउनुभएको छ ।
  5. यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरुद (आशीर्वाद र शान्ति) पठाउने सबैभन्दा उत्तम शब्दहरू हुन् ।
थप