عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ:
كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَدْعُو وَيَقُولُ: «اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ عَذَابِ القَبْرِ، وَمِنْ عَذَابِ النَّارِ، وَمِنْ فِتْنَةِ المَحْيَا وَالمَمَاتِ، وَمِنْ فِتْنَةِ المَسِيحِ الدَّجَّالِ». وفِي لَفْظٍ لِمُسْلِمٍ: «إِذَا فَرَغَ أَحَدُكُمْ مِنَ التَّشَهُّدِ الْآخِرِ، فَلْيَتَعَوَّذْ بِاللهِ مِنْ أَرْبَعٍ: مِنْ عَذَابِ جَهَنَّمَ، وَمِنْ عَذَابِ الْقَبْرِ، وَمِنْ فِتْنَةِ الْمَحْيَا وَالْمَمَاتِ، وَمِنْ شَرِّ الْمَسِيحِ الدَّجَّالِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1377]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (अन्तिम तशह्हुदपछि र सलाम फेर्नु अघि) दुआ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो : "अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल् ।’ मुस्लिमको हदीसमा छ : "अन्तिम तशह्हुदपछि अल्लाहसँग चार चीजहरूबाट शरण माग : 'मिन् अजाबि जहन्नम व मिन् अजाबिल्-कब्र व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् शर्रिल-मसीहिद्-दज्जाल् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1377]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाहमा अन्तिम तशह्हुदपछि र सलाम फेर्नुअघि चार चीजहरूबाट सुरक्षाको लागि अल्लाहसँग शरण माग्नुहुन्थ्यो र हामीलाई पनि तिनीहरूबाट सुरक्षाको लागि अल्लाहको शरण लिन आदेश दिनुभयो ।
१- (मिन् अजाबिल्-कब्र) कब्रको(चिहानको) सजायबाट ।
२- (मिन् अजाबिन्नार) कयामतको दिनमा नरकको सजायबाट ।
३- (मिन् फित्-नतिल्-मह्-या) जीवनका प्रलोभनहरूबाट, जस्तै अवैध इच्छाहरू र भ्रामक शंकाहरू । (व मिन् फित्-नतिल्-ममात्) मृत्युको बेला आउने समस्याबाट, जस्तै मृत्युको समयमा इस्लाम वा सुन्नतबाट विचलित हुनु, वा चिहानका परीक्षा र कष्टहरूबाट—जस्तै दुई फरिश्ता (स्वर्गदूत) का प्रश्नहरू।
४- (मिन् फित्-नतिल्-मसीहिद्-दज्जाल्) झूटा दज्जालको फित्नाबाट, जुन अन्तिम समयमा देखा पर्नेछ र जसको माध्यमबाट अल्लाहले आफ्ना भक्हतरूको परीक्षण गर्नुहुनेछ । दज्जालको फित्ना (परीक्षण) ठूलो र भयानक भएकोले यहाँ विशेष रूपमा उल्लेख गरिएको हो ।

हदीसका केही फाइदाहरू

  1. यो एक महत्त्वपूर्ण र व्यापक दुआ हो, किनभने यसमा यो संसार र परलोकको खराबीहरूबाट शरण खोजिएको छ ।
  2. यस हदीसमा कब्रमा हुने सजाय र त्यसको सत्यताको प्रमाण छ ।
  3. यस हदीसबाट फित्ना (परीक्षण) हरूको खतरा र तिनीहरूबाट बच्नको लागि अल्लाहको शरण खोज्नुपर्ने कुराको महत्त्व स्पष्ट हुन्छ ।
  4. यो हदीसले दज्जालको आगमनको प्रमाण र उसको फित्ना (परीक्षण) हरू खतरनाक हुनेछन् भन्ने कुरा प्रस्ट पार्छ ।
  5. अन्तिम तशाहुद पछि माथि उल्लेखित दुआ गर्नु मुस्तहब (पुण्यदायी) हो ।
  6. राम्रो कामपछि दुआ गर्नु मुस्तहब हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप