+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، إِذَا كَبَّرَ فِي الصَّلَاةِ، سَكَتَ هُنَيَّةً قَبْلَ أَنْ يَقْرَأَ، فَقُلْتُ: يَا رَسُولَ اللهِ بِأَبِي أَنْتَ وَأُمِّي أَرَأَيْتَ سُكُوتَكَ بَيْنَ التَّكْبِيرِ وَالْقِرَاءَةِ، مَا تَقُولُ؟ قَالَ «أَقُولُ: اللهُمَّ بَاعِدْ بَيْنِي وَبَيْنَ خَطَايَايَ كَمَا بَاعَدْتَ بَيْنَ الْمَشْرِقِ وَالْمَغْرِبِ، اللهُمَّ نَقِّنِي مِنْ خَطَايَايَ كَمَا يُنَقَّى الثَّوْبُ الْأَبْيَضُ مِنَ الدَّنَسِ، اللهُمَّ اغْسِلْنِي مِنْ خَطَايَايَ بِالثَّلْجِ وَالْمَاءِ وَالْبَرَدِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 598]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब किरात (अल्हम्दु..) गर्नु अघि केही बेर मौन रहनुहुन्थ्यो । मैले भने: हे अल्लाहका रसूल! मेरो आमाबुबा पनि हजुरको लागि बलिदान होस्! तपाईं तकबीर र (सूरह फातिहा) बीच मौनतामा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिस्सल्जि वल्-माइ वल्-बरद् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 598]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, सूरह फातिहा पढ्नु अघि केही बेर मौन रहनुहुन्थ्यो । यस अन्तरालमा उहाँले केही दुआ (प्रार्थना) हरूद्वारा आफ्नो नमाज सुरु गर्नुहुन्थ्यो । यी मध्ये एक हो: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्कस्सौबुल्-अब्यजु मिनद् दनस, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिस्सल्जि वल्-माइ वल्-बरद् ।" हे अल्लाह ! मलाई मेरा पापहरूबाट त्यत्तिकै टाढा राख्नुहोस् जसरी तपाईंले पूर्व र पश्चिमलाई टाढा राख्नुभएको छ । हे अल्लाह ! मलाई मेरो पापहरूबाट त्यसरी नै स्वच्छ र शुद्ध पार्नुहोस् जसरी सेतो कपडाबाट फोहर र दाग सफा गरिन्छ । हे अल्लाह ! मेरा पापहरूलाई हिउँ, पानी र असिनाले धोइदिनुहोस् ।

हदीसका केही फाइदाहरू

  1. इस्तिफ्ताह (नमाज प्रारम्भ) गर्ने दुआ बिस्तारै पढ्नुपर्छ, यद्यपि जहरी (ठूलो स्वरमा पढिने) नमाज भए पनि ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँको दिनचर्या, अवस्थाहरू र के गर्नुहुन्छ र के गर्नुहुन्न जान्न उत्सुक हुन्थे ।
  3. इस्तिफ्ताह (नमाज प्रारम्भ) गर्ने दुआका अन्य रूपहरु पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन् । त्यसैले कहिले यो दुआ र कहिले अर्को पढेर प्रमाणित सबै तरिकाहरूमाथि अमल गर्नु राम्रो हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप