عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، إِذَا كَبَّرَ فِي الصَّلَاةِ، سَكَتَ هُنَيَّةً قَبْلَ أَنْ يَقْرَأَ، فَقُلْتُ: يَا رَسُولَ اللهِ بِأَبِي أَنْتَ وَأُمِّي أَرَأَيْتَ سُكُوتَكَ بَيْنَ التَّكْبِيرِ وَالْقِرَاءَةِ، مَا تَقُولُ؟ قَالَ «أَقُولُ: اللهُمَّ بَاعِدْ بَيْنِي وَبَيْنَ خَطَايَايَ كَمَا بَاعَدْتَ بَيْنَ الْمَشْرِقِ وَالْمَغْرِبِ، اللهُمَّ نَقِّنِي مِنْ خَطَايَايَ كَمَا يُنَقَّى الثَّوْبُ الْأَبْيَضُ مِنَ الدَّنَسِ، اللهُمَّ اغْسِلْنِي مِنْ خَطَايَايَ بِالثَّلْجِ وَالْمَاءِ وَالْبَرَدِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 598]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 598]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, सुरह फातिहा पढ्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। यस अन्तरालमा उहाँले केही दुआ (प्रार्थना)हरू पढ्नुहुन्थ्यो र त्यसपछि आफ्नो नमाज सुरु गर्नुहुन्थ्यो। यी प्रार्थनाहरूमध्ये एक यो हो: "अल्लाहुम्म बाइद् बैनी व बैन खताया-य, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खताया-य, कमा युनक्कस्सौबुल्-अब्यजु मिनद् दनस, अल्लाहुम्मग्सिल्नी मिन् खताया-य बिष्षल्जि वल्-माइ वल्-बरद् ।" यो प्रार्थनामा व्यक्तिले यो भन्छ कि हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यत्तिकै टाढा राख्नुहोस् जसरी तपाईंले पूर्व र पश्चिमलाई टाढा राख्नुभएको छ। हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यसरी नै स्वच्छ र शुद्ध पार्नुहोस् जसरी सेतो कपडाबाट फोहोर र दाग सफा गरिन्छ। हे अल्लाह! मेरा पापहरूको जलन र तापलाई शुद्धि गर्ने चिसा कारकहरूद्वारा, जस्तै हिउँ, पानी र असिनाले शीतल पारिदिनुहोस्।

हदीसका केही फाइदाहरू

  1. नमाज सुरु गर्दा पढिने “इस्तिफ्ताह” को दूआ, जहरी (ठूलो स्वरले पढिने) नमाजमा पनि मन्द स्वरमै पढ्नुपर्छ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरू (साथीहरू) उहाँको दिनचर्या, अवस्थाहरू, र उहाँले के गर्नुहुन्छ तथा के गर्नुहुन्न भन्ने बारे जान्न उत्सुक हुन्थे।
  3. इस्तिफ्ताह (नमाज प्रारम्भ) गर्ने दुआका अन्य शब्दहरू पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छन्। त्यसैले कहिले एउटा दुआ र कहिले अर्को दुआ भनेर सबै शब्दहरू पढ्नु उत्तम हुन्छ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (56)
थप