عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما:
أَنَّ نَبِيَّ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ عِنْدَ الْكَرْبِ: «لَا إِلَهَ إِلَّا اللهُ الْعَظِيمُ الْحَلِيمُ، لَا إِلَهَ إِلَّا اللهُ رَبُّ الْعَرْشِ الْعَظِيمِ، لَا إِلَهَ إِلَّا اللهُ رَبُّ السَّمَاوَاتِ وَرَبُّ الْأَرْضِ وَرَبُّ الْعَرْشِ الْكَرِيمِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2730]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्ः
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़ व रब्बुल-अर्शिल-करीम।" अर्थ: "अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान र सहनशील हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान अर्श (सिंहासन) का मालिक हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो आकाशहरूका मालिक, पृथ्वीका मालिक र सम्मानित अर्शका मालिक हुनुहुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2730]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ठूलो संकट र कष्टको समयमा यो दुआ पढ्नुहुन्थ्यो: "ला इलाहा इल्लल्लाह" (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन।) "अल-अज़ीम" (जो आफ्नो अस्तित्व, गुण र कार्यहरूमा परम महान् हुनुहुन्छ।) "अल-हलीम" (जो अवज्ञाकारी दासलाई तत्काल दण्ड दिनुहुन्न, बरु अवकाश दिनुहुन्छ र कहिलेकाहीँ सर्वथा क्षमा पनि गर्नुहुन्छ, जबकि उहाँ दण्ड दिन पूर्णतः समर्थ हुनुहुन्छ, किनकि उहाँ सर्वशक्तिमान् हुनुहुन्छ।) "ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम" (अल्लाह बाहेक अरू कुनै सत्य पूजनीय छैन, जो महान् अर्शका स्वामी हुनुहुन्छ), "ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़" (आकाशहरू, पृथ्वी, र तिनीहरूभित्र भएका सम्पूर्ण चीजहरूको सृष्टिकर्ता, मालिक, व्यवस्थापक र तिनलाई आफ्नो इच्छा अनुसार चलाउने हुनुहुन्छ), "रब्बुल-अर्शिल-करीम" (भव्य अर्श(सिंहासन)का स्वामी हुनुहुन्छ)।

हदीसका केही फाइदाहरू

  1. विपत्ति र संकट आइपर्दा प्रार्थनाद्वारा अल्लाहतर्फ फर्कनु अनिवार्य हुन्छ ।
  2. संकट पर्दा उक्त प्रार्थना गर्नु मुस्तहब हो।
  3. परम दयालुको सिंहासन, जसमाथि उहाँ मुस्तवी (उच्च) हुनुहुन्छ, सम्पूर्ण सृष्टिहरूमा सबैभन्दा उच्च, सबैभन्दा ठूलो र सबैभन्दा विशाल छ। र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई "महान" (अजीम) र "सम्मानित" (करिम) भनी वर्णन गर्नुभएको छ।
  4. आकाश र पृथ्वीलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने यी मानिसहरूले देख्न सक्ने सबैभन्दा महान् सृष्टिहरूमध्ये पर्दछन्।
  5. इमाम तिबी भन्नुहुन्छ: "दुःख-कष्ट हटाउन मिल्दो होस् भनेर यस प्रार्थनाको सुरुमा अल्लाहलाई 'रब्ब' (मालिक/पालनकर्ता) भनेर प्रशंसा गरिएको छ; किनभने दुःख टाढा गर्नु पालन र हेरचाहकै एउटा भाग हो। यस प्रार्थनामा 'तहलील' (ला इलाहा इल्लल्लाह) छ जसमा तौहीद (एकेश्वरवाद) को अर्थ छ, र यो नै अल्लाहको ठूलो महिमा गाउने मुख्य माध्यम हो। यसमा अल्लाहको महानता (अल-अजीम) को वर्णन छ जसले उहाँसँग हरेक कुरा गर्न सक्ने पूरा शक्ति छ भन्ने देखाउँछ, र उहाँको सहनशीलता (अल-हलीम) को कुरा बारे पनि वर्णन छ जसले उहाँको ज्ञानलाई देखाउँछ; किनभने अज्ञानी न त सहनशील हुन सक्छ न त उदार, र यी दुवै अल्लाहका आदरणीय गुणहरूका मुख्य आधार हुन्।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (44)
थप