عَنْ عَبْدِ اللَّهِ بنِ مسعُودٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ:
ذُكِرَ عِنْدَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلٌ نَامَ لَيْلَهُ حَتَّى أَصْبَحَ، قَالَ: «ذَاكَ رَجُلٌ بَالَ الشَّيْطَانُ فِي أُذُنَيْهِ، أَوْ قَالَ: فِي أُذُنِهِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3270]
المزيــد ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3270]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो र अनिवार्य नमाजको लागि उठेन। उहाँले भन्नुभयो: "वास्तवमा, त्यो त्यस्तो मानिस हो जसको कानमा शैतानले पिसाब फेरेको छ।"