عن حُذَيْفَةَ رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ بَيْنَ السَّجْدَتَيْنِ: «رَبِّ اغْفِرْ لِي، رَبِّ اغْفِرْ لِي».

[صحيح] - [رواه أبو داود والنسائي وابن ماجه وأحمد] - [سنن ابن ماجه: 897]
المزيــد ...

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।

[सही] - [अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् इब्ने माजह - 897]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा बस्दा : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो र यसलाई बारम्बार दोहोर्याउनुहुन्थ्यो ।
"रब्बिग्-फिर्ली" को अर्थ : सेवकले आफ्ना पापहरू मेटाउन र आफ्ना कमजोरीहरू ढाक्नका लागि आफ्नो परमेश्‍वरलाई अनुरोध गर्नु हो ।

हदीसका केही फाइदाहरू

  1. फर्ज र नफिल नमाजमा दुई सजदाको बीचमा यो दुआ पढ्नु मुस्तहब हो ।
  2. "रब्बिग्-फिर्ली" एक पटक पढ्नु अनिवार्य हो र एक पटक भन्दा बढी पढ्नु मुस्तहब हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप