عَنْ أَبِي قَتَادَةَ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«الرُّؤْيَا الصَّالِحَةُ مِنَ اللَّهِ، وَالحُلُمُ مِنَ الشَّيْطَانِ، فَإِذَا حَلَمَ أَحَدُكُمْ حُلُمًا يَخَافُهُ فَلْيَبْصُقْ عَنْ يَسَارِهِ، وَلْيَتَعَوَّذْ بِاللَّهِ مِنْ شَرِّهَا، فَإِنَّهَا لاَ تَضُرُّهُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3292]
المزيــد ...

अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3292]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : सुःखद र राम्रो सपना अल्लाहबाट हुन्छ, जबकि अप्रिय र दुखद सपना शैतानबाट हुन्छ।
जसले नराम्रो सपना देख्छ उसले बायाँतिर फर्केर हल्का थुथु गर्नुपर्छ र त्यसको खराबीबाट जोगिन अल्लाहसँग शरण माग्नुपर्छ। किनभने यसरी गर्नाले अल्लाहले त्यस सपनाबाट हुन सक्ने नराम्रो परिणामहरूबाट सुरक्षित राख्नुहुन्छ।

हदीसका केही फाइदाहरू

  1. सपना (रुया र हुल्म) ती कुराहरू हुन्, जुन मानिसले निद्रामा देख्छ। तर सामान्यतया "रुया" शब्द राम्रो र सुखद कुराहरूको लागि प्रयोग गरिन्छ, जबकि "हुल्म" शब्द खराब र अप्रिय कुराहरूको लागि प्रयोग गरिन्छ। यद्यपि, यी दुबै शब्दहरू कहिलेकाहीँ एक-अर्काको सट्टामा पनि प्रयोग गरिन्छ।
  2. सपनाका प्रकारहरू:
  3. १- राम्रो सपना। यो एक साँचो सपना र अल्लाहबाट आएको सन्देश हो, जुन व्यक्तिले देख्छ वा देखाइन्छ।
  4. २- विचलित विचारहरू। अर्थात्, जागृत हुँदा व्यक्तिले सोचिरहने कुराहरू। ३- शैतानले व्यक्तिलाई दुःखी वा डरलाग्दो बनाउने प्रयास।
  5. राम्रा सपनाहरूको बारेमा भनिएको कुराबाट तीन कुराहरू निस्कन्छन्: राम्रो सपना देखेपछि, अल्लाहको प्रशंसा गर्नुपर्छ, त्यसमा खुसी हुनुपर्छ र यसलाई भन्नुपर्छ। तर जसले यो सपना मन पराउँछ उसलाई मात्र भन्नुपर्छ। मन नपराउनेलाई होइन।
  6. त्यस्तै गरी, यहाँ नराम्रो सपनाको सम्बन्धी पालना गर्नुपर्ने पाँचवटा कुराहरू छन्: यसको दुष्टताबाट अल्लाहको शरण लिनु, शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु, निद्राबाट उठेपछि तीन पटक बायाँ तर्फ थुक्नु, यो कुरा कसैलाई पनि नभन्नु र उसले फेरि सुत्न चाहन्छ भने, तब विपरीत कोल्टेमा सुत्नु। यसो गरेपछि, यसरी गरेमा सपनाले कुनै पनि हानि पुर्‍याउने छैन।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (47)
थप