عَنْ أَبِي الدَّرْدَاءِ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا شَيْءٌ أَثْقَلُ فِي مِيزَانِ الْمُؤْمِنِ يَوْمَ القِيَامَةِ مِنْ خُلُقٍ حَسَنٍ، وَإِنَّ اللَّهَ لَيُبْغِضُ الفَاحِشَ البَذِيءَ».

[صحيح] - [رواه أبو داود والترمذي] - [سنن الترمذي: 2002]
المزيــد ...

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।"

[सही] - [अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2002]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिनमा विश्वासीहरूको कर्म तौलँ गर्दा तराजुमा सबैभन्दा भारी सत्कर्म उत्तम आचरण हुनेछ, जस्तैः अनुहारमा मुस्कान, कसैलाई दुःख नदिनु र राम्रा कार्यहरू गर्नु। अल्लाहले कर्म र बोली दुवैमा अश्लील र अभद्र कुरालाई घृणा गर्नुहुन्छ, र मुखले बोल्ने अश्लील वचनलाई मन पराउनुहुन्न।

हदीसका केही फाइदाहरू

  1. यसबाट उत्कृष्ट व्यवहारको सद्गुण स्पष्ट हुन्छ, किनकि उत्तम आचरणले अल्लाह र उहाँका भक्तहरूको प्रेम प्राप्त हुन्छ र त्यो कयामतको दिन तराजुमा सबैभन्दा वजनदार तौल भएको कर्म पनि हुनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
थप