+ -

عَنْ أَبِي الدَّرْدَاءِ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا شَيْءٌ أَثْقَلُ فِي مِيزَانِ الْمُؤْمِنِ يَوْمَ القِيَامَةِ مِنْ خُلُقٍ حَسَنٍ، وَإِنَّ اللَّهَ لَيُبْغِضُ الفَاحِشَ البَذِيءَ».

[صحيح] - [رواه أبو داود والترمذي] - [سنن الترمذي: 2002]
المزيــد ...

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।"

[सही] - [अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2002]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिनमा विश्वासीहरूको कर्म तौलँ गर्दा तराजुमा सबैभन्दा भारी सत्कर्म उत्तम आचरण हुनेछ, जस्तैः अनुहारमा मुस्कान, कसैलाई दुःख नदिनु र राम्रा कार्यहरू गर्नु। अल्लाहले कर्म र बोली दुवैमा अश्लील र अभद्र कुरालाई घृणा गर्नुहुन्छ, र मुखले बोल्ने अश्लील वचनलाई मन पराउनुहुन्न।

हदीसका केही फाइदाहरू

  1. यसबाट उत्कृष्ट व्यवहारको सद्गुण स्पष्ट हुन्छ, किनकि उत्तम आचरणले अल्लाह र उहाँका भक्तहरूको प्रेम प्राप्त हुन्छ र त्यो कयामतको दिन तराजुमा सबैभन्दा वजनदार तौल भएको कर्म पनि हुनेछ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप