+ -

عن أبي هريرة رضي الله عنه أَن النبيَّ صَلّى اللهُ عَلَيْهِ وسَلَّم قَالَ:
«الرَّجُلُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُر أَحَدُكُم مَنْ يُخَالِل».

[حسن] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 4833]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"

[हसन] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 4833]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो घनिष्ठ मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताको सम्बन्धले मानिसको नैतिकता, आचरण र कार्यहरूमा गहिरो प्रभाव पार्छ। त्यसैले, उहाँले असल साथी चयन गर्न निर्देशन दिनुभएको छ; किनकि असल साथीले आफ्नो मित्रलाई ईमान (आस्था), सही मार्गदर्शन र कल्याणकारी कार्यहरूमा सहयोग पुर्‍याउँछ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा असल व्यक्तिहरूसँग संगत गर्न र उनीहरूलाई साथीको रूपमा चयन गर्न आदेश दिइएको छ, साथै खराब व्यक्तिहरूको संगतबाट टाढा रहनका लागि कडा चेतावनी दिएको छ।
  2. यहाँ विशेष गरी मित्रलाई उल्लेख गरिएको छ, नातेदारलाई होइन। किनभने मित्रको चयन व्यक्तिले आफैँले गर्छ, तर दाजुभाइ वा नातेदारको सन्दर्भमा व्यक्तिलाई छनोटको अधिकार प्राप्त हुँदैन।
  3. मित्रता गाँस्नु वा संगत छान्नु गहन सोच-विचार गरेर मात्र गर्नुपर्दछ।
  4. मानिसको धर्म असल आस्थावान्हरूको सङ्गतले बलियो हुन्छ भने पापीहरूको सङ्गतले कमजोर हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप