عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَلاَ أُحَدِّثُكُمْ حَدِيثًا عَنِ الدَّجَّالِ، مَا حَدَّثَ بِهِ نَبِيٌّ قَوْمَهُ؟ إِنَّهُ أَعْوَرُ، وَإِنَّهُ يَجِيءُ مَعَهُ بِمِثَالِ الجَنَّةِ وَالنَّارِ، فَالَّتِي يَقُولُ إِنَّهَا الجَنَّةُ هِيَ النَّارُ، وَإِنِّي أُنْذِرُكُمْ كَمَا أَنْذَرَ بِهِ نُوحٌ قَوْمَهُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3338]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ, वास्तवमा त्यो नरक हुनेछ। म तिमीहरूलाई दज्जालबाट त्यसरीनै सावधान गराउँछु, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई चेतावनी दिएका थिए।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3338]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरूलाई दज्जालको पहिचान र चिन्हहरूको बारेमा बताउनुभयो, जुन कुरा उहाँभन्दा अघिका कुनै नबीले (आफ्नो समुदायलाई) बताएका थिएनन्, जस्तै:
ऊ कानो हुनेछ ।
र अल्लाहले उसको साथमा स्वर्ग र नरक जस्तै वस्तुहरू बनाइदिनुभएको छ, जुन हेर्दा ठ्याक्कै स्वर्ग र नरक जस्तै देखिनेछन्।
तर वास्तवमा उसको स्वर्ग नरक हुनेछ र उसको नरक स्वर्ग हुनेछ। जसले उसको आज्ञापालन गर्छ, दज्जालले उसलाई मानिसहरूको नजरमा स्वर्गजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, तर वास्तवमा त्यो नरक हुनेछ। जसले उसको आज्ञापालन गर्दैन, दज्जालले उसलाई मानिसहरूको नजरमा नरकजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, जुन वास्तवमा स्वर्ग हुनेछ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई दज्जालद्वारा हुने मानिसको आस्थाको परीक्षाबारे चेतावनी दिनुभयो, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई त्यस विषयमा चेतावनी दिएका थिए।