عَنْ أَبِي مُوسَى رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّمَا مَثَلُ الْجَلِيسِ الصَّالِحِ وَالْجَلِيسِ السَّوْءِ كَحَامِلِ الْمِسْكِ وَنَافِخِ الْكِيرِ، فَحَامِلُ الْمِسْكِ: إِمَّا أَنْ يُحْذِيَكَ، وَإِمَّا أَنْ تَبْتَاعَ مِنْهُ، وَإِمَّا أَنْ تَجِدَ مِنْهُ رِيحًا طَيِّبَةً، وَنَافِخُ الْكِيرِ: إِمَّا أَنْ يُحْرِقَ ثِيَابَكَ، وَإِمَّا أَنْ تَجِدَ رِيحًا خَبِيثَةً».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2628]
المزيــد ...
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2628]
यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ :
पहिलो प्रकारः असल साथी र सच्चा मित्र, जसले अल्लाहको बाटोतर्फ मार्गदर्शन गर्छ, उहाँको प्रसन्नता कसरी प्राप्त हुन्छ भनी सिकाउँछ र आज्ञापालनमा सहयोग गर्छ। त्यस्तो साथीको उदाहरण कस्तूरी अत्तर बेच्ने व्यापारी जस्तै हो—या त उसले तिमीलाई कस्तूरी दिनेछ, या त तिमी उसबाट अत्तर किन्नेछौ, या कम्तीमा पनि उसको नजिकै बसेर तिमीले सुगन्धित बासनाको अनुभव गर्नेछौ।
दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहारजस्तै हो; कि त त्यसबाट उडिरहेको झिल्काले तिम्रो लुगा जलाउनेछ, या कम्तीमा पनि त्यहाँ नजिकै बसेर तिमीले खराब दुर्गन्धको अनुभव गर्नेछौ।