عن مَعقِلِ بن يَسار المُزَنِيّ رضي الله عنه قال: إني سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَا مِنْ عَبْدٍ يَسْتَرْعِيهِ اللهُ رَعِيَّةً، يَمُوتُ يَوْمَ يَمُوتُ وَهُوَ غَاشٌّ لِرَعِيَّتِهِ، إِلَّا حَرَّمَ اللهُ عَلَيْهِ الْجَنَّةَ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 142]
المزيــد ...

मालिक बिन यासर मुजनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 142]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रत्येक व्यक्ति जसलाई अल्लाहले शासकको रूपमा नियुक्त गर्नुभएको छ र जसलाई मातहतको जिम्मेवारी दिइएको छ, चाहे यो एक राजा जस्तै सरकारी जिम्मेवारी होस् वा घरमा पुरुष वा महिला जस्तै विशेष जिम्मेवारी होस् । यदि उनीहरुले आफ्नो प्रजा र मातहतमा रहेकाहरूको सांसारिक र धार्मिक अधिकारलाई बेवास्ता गर्छन् र धोका दिन्छन् भने तिनीहरु यो कठोर सजायका पात्र हुन् ।

हदीसका केही फाइदाहरू

  1. यो चेतावनी इस्लामिक राज्यको सर्वोच्च शासक र तिनका प्रतिनिधिहरूका लागि मात्र होइन, बरू, जिम्मेवारी सुम्पिएको प्रत्येक व्यक्ति र हाकिमहरू यसमा समावेश छन् ।
  2. मुस्लिमप्रति कुनै पनि उत्तरदायित्व सम्हाल्ने प्रत्येक व्यक्तिले आफ्नो जनताप्रति इमान्दार हुनुपर्छ, उनीहरुको भलो गर्नुपर्छ र विश्वासघातबाट सावधान रहनुपर्छ ।
  3. सार्वजनिक वा निजी, ठूलो वा सानो कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिको जिम्मेवारीको महत्त्व ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)