श्रेणी: सद्गुण र आचरण .

عَنْ عَبْدِ اللَّهِ بنِ مَسْعُودٍ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«سِبَابُ المُسْلِمِ فُسُوقٌ، وَقِتَالُهُ كُفْرٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 48]
المزيــد ...

अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 48]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मुस्लिमले आफ्नो मुस्लिम भाइलाई गाली गर्न र श्राप्न मनाहि गर्नु भएको छ; र यो फिस्क (अवज्ञा) हो, अर्थात् अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञाको उल्लंघन गर्नु हो । मुस्लिमले आफ्नो मुस्लिम भाइसित काटमार गर्नु कुफ्र हो, तर यो कुफ्रे अस्गर (सानो कुफ्र) हो ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमको खुन र उसको इज्जत र सम्मानको कदर वाजिब (अनिवार्य) छ ।
  2. मुस्लिमलाई अन्यायपूर्ण रूपमा दुर्व्यवहार गर्ने व्यक्तिको भयानक परिणाम; किनभने अन्यायपूर्वक गाली दिने व्यक्ति पापी (फासिक) हुन्छ।
  3. कुनै मुस्लिमलाई गाली दिनु र उससित झगडा गर्नुले इमानलाई कमजोर र अधुरो बनाइ दिन्छ ।
  4. केही कामहरूलाई कुफ्र भनिएको छ, तर त्यो इस्मालबाट निकालि दिने कुफ्रे अक्बर (ठूलोकुफ्र) होइनन् ।
  5. यहाँ कुफ्रको तात्पर्य सानो कुफ्र हो, जसले व्यक्तिलाई इस्लामबाट बाहिर ल्याउँदैन भन्नेमा अहले सुन्नतको सहमति छ। किनभने अल्लाहले लडाइँ र विवादको अवस्थामा पनि आस्थावानहरूको इमान र भाइचारा कायम भएको प्रमाणित गर्नुभएको छ। उहाँले भन्नुभएको छ: "यदि मुस्लिमहरूका दुई समूह झगडा गर्छन् भने उनीहरूलाई मिलाइदिनु।" उहाँले भन्नुभएको छ: "निश्चय नै आस्थावानहरू दाजुभाइ हुन्।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (48)
थप