+ -

عن أبي بَشير الأنصاري رضي الله عنه:
أَنَّهُ كَانَ مَعَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي بَعْضِ أَسْفَارِهِ، قَالَ: فَأَرْسَلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَسُولًا -وَالنَّاسُ فِي مَبِيتِهِمْ-: «لَا يَبْقَيَنَّ فِي رَقَبَةِ بَعِيرٍ قِلَادَةٌ مِنْ وَتَرٍ أَوْ قِلَادَةٌ إِلَّا قُطِعَتْ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू बशीर अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग यात्रामा थिए । र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । उहाँले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै वस्तु छ भने त्यो काटियोस् ।

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । यसैबीच, उहाँले एक व्यक्तिलाई तिनीहरूको ऊँटको घाँटीमा बाँधिएका चीजहरू काट्न आदेश दिएर पठाउनुभयो, चाहे ती वस्तुहरू धनुषको तारको आकारमा होस् वा घण्टी वा जुत्ता आदि होस् । किनभने तिनीहरूले जनावरहरूलाई नराम्रो नजरबाट बचाउनको लागि बाँध्ने गर्थे, त्यसैले तिनीहरूलाई काट्न आदेश दिइएको थियो । किनभने यी चीजहरूले ऊँटहरूलाई कुनै पनि कुराबाट जोगाउन सक्दैनन् । लाभ र हानि अल्लाहको हातमा मात्र छ र यसमा कोही साझेदार छैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. नाफा कमाउन र हानिबाट बच्नको लागि धनुष, हार आदि झुण्ड्याउनु हराम हो, किनभने यो शिर्क हो ।
  2. ऊँटको घाँटीमा धागो बाहेक अन्य पट्टी र हार गहना र सजावटको रूपमा प्रयोग गरिन्छ वा पशुलाई बाँध्नको लागि हो केही आपत्ति छैन ।
  3. मुन्कर (गलत) लाई सकेसम्म खण्डन गर्नु आवश्यक छ ।
  4. हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ, अरु कसैबाट होइन ।
थप