عن أبي بَشير الأنصاري رضي الله عنه:
أَنَّهُ كَانَ مَعَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي بَعْضِ أَسْفَارِهِ، قَالَ: فَأَرْسَلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَسُولًا -وَالنَّاسُ فِي مَبِيتِهِمْ-: «لَا يَبْقَيَنَّ فِي رَقَبَةِ بَعِيرٍ قِلَادَةٌ مِنْ وَتَرٍ أَوْ قِلَادَةٌ إِلَّا قُطِعَتْ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2115]
المزيــد ...

अबू बशीर अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कुनै यात्रामा सँगै थिए । उहाँ भन्नुहुन्छ कि जब मानिसहरू आफ्नो वासस्थान हरूमा अवस्थित थिए, उहाँ पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2115]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । यसैबीच, उहाँले एक व्यक्तिलाई तिनीहरूको ऊँटको घाँटीमा बाँधिएका चीजहरू काट्न आदेश दिएर पठाउनुभयो, चाहे ती वस्तुहरू धनुषको तारको आकारमा होस् वा घण्टी वा जुत्ता आदि होस् । किनभने तिनीहरूले जनावरहरूलाई नराम्रो नजरबाट बचाउनको लागि बाँध्ने गर्थे, त्यसैले तिनीहरूलाई काट्न आदेश दिइएको थियो । किनभने यी चीजहरूले ऊँटहरूलाई कुनै पनि कुराबाट जोगाउन सक्दैनन् । लाभ र हानि अल्लाहको हातमा मात्र छ र यसमा कोही साझेदार छैन ।

हदीसका केही फाइदाहरू

  1. नाफा कमाउन र हानिबाट बच्नको लागि धनुष, हार आदि झुण्ड्याउनु हराम हो, किनभने यो शिर्क हो ।
  2. ऊँटको घाँटीमा धागो बाहेक अन्य पट्टी र हार गहना र सजावटको रूपमा प्रयोग गरिन्छ वा पशुलाई बाँध्नको लागि हो भने केही आपत्ति छैन ।
  3. मुन्कर (गलत) लाई सकेसम्म खण्डन गर्नु आवश्यक छ ।
  4. हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ, अरु कसैबाट होइन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप