+ -

عن أنس رضي الله عنه قال:
كُنَّا عِنْدَ عُمَرَ فَقَالَ: «نُهِينَا عَنِ التَّكَلُّفِ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 7293]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 7293]

व्याख्या

उमर (रजियल्लाहु अन्हु) ले बताउनुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनावश्यक काम गर्न वा कठिनाइ भएको कुनै पनि कुरा भन्न वा गर्न निषेध गर्नुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा निषेध गरिएको तकल्लुफ (कठिनाइ) हरू भनेको धेरै प्रश्नहरू सोध्नु, थाहा नभएको कुरा गर्नु र अल्लाहले सहजता प्रदान गर्नुभएको कुरामा कडाई गर्नु आदि समावेश छ ।
  2. मुसलमानलाई आफ्नो स्वभावमा सहनशीलता र विना बनावटीपन आफ्नो बोलचाल र व्यवहारमा अभ्यास गर्नुपर्छ, चाहे त्यो उसको खानामा हो, पिउनामा हो, वा उसको बोलचाल र अन्य सबै अवस्थाहरूमा।
  3. इस्लाम एक सरल धर्म हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप