عن أنس رضي الله عنه قال:
كُنَّا عِنْدَ عُمَرَ فَقَالَ: «نُهِينَا عَنِ التَّكَلُّفِ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 7293]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 7293]

व्याख्या

उमर (रजियल्लाहु अन्हु) ले बताउनुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनावश्यक काम गर्न वा कठिनाइ भएको कुनै पनि कुरा भन्न वा गर्न निषेध गर्नुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा निषेध गरिएको तकल्लुफ (कठिनाइ) हरू भनेको धेरै प्रश्नहरू सोध्नु, थाहा नभएको कुरा गर्नु र अल्लाहले सहजता प्रदान गर्नुभएको कुरामा कडाई गर्नु आदि समावेश छ ।
  2. मुसलमानलाई आफ्नो स्वभावमा सहनशीलता र विना बनावटीपन आफ्नो बोलचाल र व्यवहारमा अभ्यास गर्नुपर्छ, चाहे त्यो उसको खानामा हो, पिउनामा हो, वा उसको बोलचाल र अन्य सबै अवस्थाहरूमा।
  3. इस्लाम एक सरल धर्म हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप