عَنْ أَبِي طَلْحَةَ رَضِيَ اللَّهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لاَ تَدْخُلُ المَلاَئِكَةُ بَيْتًا فِيهِ كَلْبٌ وَلاَ صُورَةٌ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3322]
المزيــد ...
अबू तल्हा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3322]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जुन घरमा कुकुर वा सजीव प्राणीहरूका तस्बिर (चित्र वा मूर्तिहरू) हुन्छन्, त्यस्तो घरमा रहमत(दया) का स्वर्गदूतहरू प्रवेश गर्दैनन्। यो यसकारण हो कि जीवित प्राणी (आत्मा भएका) को तस्बिर (चित्र वा मूर्ति) बनाउनु गम्भीर पाप हो; किनकि यसमा अल्लाहको सिर्जनाको नक्कल र त्यससँग प्रतिस्पर्धा गर्ने कुरा हुन्छ र यो शिर्क (बहुदेववाद) का माध्यमहरूमध्ये एक हो र तीमध्ये कतिपय त अल्लाहबाहेक पूजा गरिने वस्तुहरूको चित्र हुन्छन्। फरिश्ताहरू कुकुर भएको घरमा प्रवेश नगर्नुको कारण यो हो कि कुकुरले धेरै नजिस (अशुद्ध) वस्तुहरू खाने गर्दछ, र कतिपय कुकुरहरूलाई शैतान भनिन्छ। फरिश्ताहरू शैतानको विपरीत हुन्छन्। साथै, कुकुरको दुर्गन्धका कारण पनि फरिश्ताहरू प्रवेश गर्दैनन्, किनकि उनीहरू दुर्गन्धबाट कष्ट महसुस गर्छन्। यसबाहेक, कुकुर पाल्न निषेध गरिएको छ। तसर्थ, कुकुर पाल्ने व्यक्तिलाई सजायस्वरूप रहमतका फरिश्ताहरूको प्रवेश, उनीहरूको प्रार्थना, क्षमा याचना (इस्तिग्फार), घरमा बर्कत (आशीर्वाद) तथा शैतानको हानिबाट सुरक्षा जस्ता कुराहरूबाट वञ्चित गरिन्छ।