हदीसहरूको सूची

अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي अंग्रेजी उर्दू
हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिङ्ग भएका दुईवटा ठूला भेडाहरूको कुर्बानी (बलिदान) दिनुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर बिस्मिल्लाह, अल्लाहु अकबर भनेर आफ्नो हातले जबह (वध) गर्नुभयो ।
عربي अंग्रेजी उर्दू
निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तीखो दाँत भएको जङ्गली जनावर र पंजा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभयो ।
عربي अंग्रेजी उर्दू