عَنِ ابْنِ عَبَّاسٍ رَضيَ اللهُ عنهُما أَنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم:
نَهَى عَنْ كُلِّ ذِي نَابٍ مِنَ السِّبَاعِ، وَعَنْ كُلِّ ذِي مِخْلَبٍ مِنَ الطَّيْرِ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1934]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभएको छ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1934]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक हिंसक जनावर (जसले आफ्नो दाँतको सहायताले शिकार गर्छ) र पन्जा नङ्ग्राले च्यातेर वा समातेर शिकार गर्ने हरेक चरा खान निषेध गर्नुभएको छ।

हदीसका केही फाइदाहरू

  1. इस्लामले खाने कुरा, पेय पदार्थ र अन्य सबै कुराहरूमा राम्रो चीजहरू प्रयोग गर्न प्रेरित गरेको छ ।
  2. खाद्य वस्तुहरू मूल रुपमा हलाल (अनुमत) हुन्छन्; हराम (वर्जित) केवल ती वस्तुहरू हुन्छन् जसको निषेधमा स्पष्ट प्रमाण छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू इन्डोनेसिया थप (49)