+ -

عن أبي هريرة رضي الله عنه قال:
لَعَنَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ الرَّاشِيَ وَالْمُرْتَشِيَ فِي الْحُكْمِ.

[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 1336]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।

[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 1336]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूका लागि अल्लाहको रहमत (कृपा) बाट टाढा रहने श्राप दिनुभएको छ ।
निर्णयमा पक्षपात गर्न र आफ्नो पक्षमा अनाहक निर्णय गराउने उद्देश्यले न्यायाधीशहरूलाई दिइने घुस पनि यसमा समावेश छ ।

हदीसका केही फाइदाहरू

  1. घुस दिने, लिने आदिमा भूमिका निर्वाह गर्नु र यसमा कुनै किसिमको सहयोग गर्नु वा मध्यस्थता बन्नु हराम हो किनभने यो गलत काममा सहयोग हो र अन्यायपूर्ण कार्य हो ।
  2. घूस दिनु र लिनु ठूलो पाप हो; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूलाई श्राप दिनुभएको छ ।
  3. न्याय र प्रशासनसँग सम्बन्धित मामिलामा घुस लिनु र दिनु ठूलो अपराध र पाप हो । किनभने यो अन्यायपूर्ण कार्य हो साथै अल्लाहद्वारा अवतरित कानूनलाई बेवास्ता गरी मनमानी ढंगले निर्णय गर्नु हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप