+ -

عن عبد الله بن عمرو رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«مَنْ قَتَلَ مُعَاهَدًا ‌لَمْ ‌يَرَحْ ‌رَائِحَةَ الْجَنَّةِ، وَإِنَّ رِيحَهَا تُوجَدُ مِنْ مَسِيرَةِ أَرْبَعِينَ عَامًا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 3166]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 3166]

व्याख्या

जसले मुआहद् (त्यो व्यक्ति जो "काफिरहरू भूमिबाट इस्लामको भूमिमा सन्धि र सुरक्षा (अमन)सहित आउँछ) लाई मार्छ, उसले स्वर्गको सुगन्ध पनि पाउने छैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कडा चेतावनी दिनुभएको छ । जबकि यसको सुगन्ध चालीस वर्ष टाढाबाट महसुस गर्न सकिन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुआहद, जिम्मी र मुस्तामिन (सम्झौता अनुसार इस्लामिक राज्यमा प्रवेश गर्ने गैर-मुस्लिम) व्यक्तिको हत्या गर्नु हराम र महापाप हो ।
  2. मुआहद : मुस्लिम देशमा बसोबास गर्ने गैर-मुस्लिम व्यक्ति, जसले मुस्लिमसँग नलड्ने र मुस्लिमले उसँग नलड्ने सम्झौता गरेको हो । जिम्मी: एक गैर-मुस्लिम व्यक्ति जो जिजया (कर) तिरेर मुस्लिम देशमा बसोबास गर्छ । मुस्तामन: एक गैर-मुस्लिम व्यक्ति जो एक निश्चित समयको लागि सम्झौताको आधारमा मुस्लिम देश प्रवेश गर्दछ ।
  3. यस हदीसमा गैर-मुस्लिमहरूसँग गरिएको वाचा तोड्न विरुद्ध चेतावनी दिइएको छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्
थप