عن عبد الله بن عمرو رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«مَنْ قَتَلَ مُعَاهَدًا ‌لَمْ ‌يَرَحْ ‌رَائِحَةَ الْجَنَّةِ، وَإِنَّ رِيحَهَا تُوجَدُ مِنْ مَسِيرَةِ أَرْبَعِينَ عَامًا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 3166]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 3166]

व्याख्या

जसले मुआहद् (त्यो व्यक्ति जो "काफिरहरू भूमिबाट इस्लामको भूमिमा सन्धि र सुरक्षा (अमन)सहित आउँछ) लाई मार्छ, उसले स्वर्गको सुगन्ध पनि पाउने छैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कडा चेतावनी दिनुभएको छ । जबकि यसको सुगन्ध चालीस वर्ष टाढाबाट महसुस गर्न सकिन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुआहद, जिम्मी र मुस्तामिन (सम्झौता अनुसार इस्लामिक राज्यमा प्रवेश गर्ने गैर-मुस्लिम) व्यक्तिको हत्या गर्नु हराम र महापाप हो ।
  2. मुआहद : मुस्लिम देशमा बसोबास गर्ने गैर-मुस्लिम व्यक्ति, जसले मुस्लिमसँग नलड्ने र मुस्लिमले उसँग नलड्ने सम्झौता गरेको हो । जिम्मी: एक गैर-मुस्लिम व्यक्ति जो जिजया (कर) तिरेर मुस्लिम देशमा बसोबास गर्छ । मुस्तामन: एक गैर-मुस्लिम व्यक्ति जो एक निश्चित समयको लागि सम्झौताको आधारमा मुस्लिम देश प्रवेश गर्दछ ।
  3. यस हदीसमा गैर-मुस्लिमहरूसँग गरिएको वाचा तोड्न विरुद्ध चेतावनी दिइएको छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप