عَنْ أَبِي العَبَّاسِ، عَبْدِ الله بْنِ عَبَّاسٍ رَضِيَ اللَّهُ عَنْهُمَا قَالَ: كُنْت خَلْفَ رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَوْمًا، فَقَالَ:
«يَا غُلَامِ! إنِّي أُعَلِّمُك كَلِمَاتٍ: احْفَظِ اللَّهَ يَحْفَظْكَ، احْفَظِ الله تَجِدْهُ تُجَاهَكَ، إذَا سَأَلْتَ فَاسْأَلِ اللهَ، وَإِذَا اسْتَعَنْتَ فَاسْتَعِنْ بِاَللهِ، وَاعْلَمْ أَنَّ الأُمَّةَ لَوْ اجْتَمَعَتْ عَلَى أَنْ يَنْفَعُوكَ بِشَيْءٍ لَمْ يَنْفَعُوكَ إلَّا بِشَيْءٍ قَدْ كَتَبَهُ اللَّهُ لَكَ، وَإِنِ اجْتَمَعُوا عَلَى أَنْ يَضُرُّوكَ بِشَيْءٍ لَمْ يَضُرُّوكَ إلَّا بِشَيْءٍ قَدْ كَتَبَهُ اللَّهُ عَلَيْكَ؛ رُفِعَتِ الأَقْلَامُ، وَجَفَّتِ الصُّحُفُ».
وَفِي رِوَايَةِ غَيْرِ التِّرْمِذِيِّ: «احْفَظِ اللهَ تَجِدْهُ أَمَامَكَ، تَعَرَّفْ إلَى اللهِ فِي الرَّخَاءِ يَعْرِفْكَ فِي الشِّدَّةِ، وَاعْلَمْ أَنَّ مَا أَخْطَأَكَ لَمْ يَكُنْ لِيُصِيبَكَ، وَمَا أَصَابَك لَمْ يَكُنْ لِيُخْطِئَكَ، وَاعْلَمْ أَنَّ النَّصْرَ مَعَ الصَّبْرِ، وَأَنْ الفَرَجَ مَعَ الكَرْبِ، وَأَنَّ مَعَ العُسْرِ يُسْرًا».
[صحيح] - [رواه الترمذي وغيره] - [الأربعون النووية: 19]
المزيــد ...
अबु अल-अब्बास, अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयो: एक दिन म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिएँ, तब उहाँले भन्नुभयो:
"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु:
अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग।
यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।"
[सही] - [رواه الترمذي وغيره] - [الأربعون النووية - 19]
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बताउँनु हुन्छ, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिए जब उहाँले मलाई सम्बोधन गर्दै भन्नुभयो, म तिमीलाई केही कुराहरू सिकाउनेछु, जसबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ: अल्लाहका आदेशहरूको पालना गरेर र उहाँद्वारा निषेध गरिएका कुराहरूबाट टाढा रहेर अल्लाहको आदेशहरुको रक्षा गर, उहाँले तिमीलाई अवज्ञा र पापमा होइन, बरु आज्ञाकारिता र आफ्नो सामीप्यमा पाऊन्। यदि तिमीले यसो गर्यो भने, त्यसको पुरस्कार स्वरूप अल्लाहले तिमीलाई संसार र परलोकका कठिनाइहरूबाट जोगाउनुहुनेछ र तिमी जहाँसुकै गए पनि अल्लाहले तिम्रो मामिलाहरूमा तिम्रो सहायता गर्नुहुनेछ। यदि केही माग्न आवश्यकता पर्यो भने अल्लाहसँग मात्र माग, अरू कसैसँग नमाग, किनभने अल्लाहले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ। यदि तिमीलाई सहयोग चाहियो भने, अल्लाह बाहेक अरू कसैसँग सहयोग नखोज। तिमीमा यो दृढ विश्वास रहोस् कि, यदि पृथ्वीका सबै मानिसहरू एकजुट भई तिमीलाई कुनै लाभ पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो लागि लेखिदिनुभएको बाहेक उनीहरूले कुनै लाभ पुर्याउन सक्ने छैनन्। यदि उनीहरू सबै एकजुट भई तिमीलाई हानि पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको बाहेक उनीहरूले कुनै हानि गर्न सक्ने छैनन्। यो विषय अल्लाहले आफ्नो तत्वदर्शिता र ज्ञान अनुसार लेखि निर्धारण गर्नुभएको छ र उहाँले लेखेको कुरा कहिल्यै परिवर्तन हुँदैन। जो व्यक्ति अल्लाहका आदेशहरूको पालन गर्छ र उहाँले निषेध गर्नुभएका कुराहरूबाट टाढा रहन्छ, अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसलाई मार्गदर्शन गर्नुहुन्छ र सहयोग प्रदान गर्नुहुन्छ। जब कुनै व्यक्ति सुख र समृद्धिको समयमा अल्लाहको आज्ञा पालन गर्छ, तब अल्लाहले कठिनाइ र संकटको समयमा उसलाई राहत दिनुहुन्छ र निकासको मार्ग देखाइदिनुहुन्छ। प्रत्येक व्यक्तिले अल्लाहद्वारा आफ्नो भाग्यमा निर्धारित गरिएको राम्रो र नराम्रो दुवै कुरामा सन्तुष्ट रहनुपर्छ। कठिनाइ र परीक्षाको समयमा धैर्य धारण गर्न आवश्यक छ, किनभने धैर्यसँगै अल्लाहको सहायता आउँछ। वास्तवमा, संकटसँगै राहत पनि हुन्छ र निश्चय नै हरेक कठिनाइमा सहजता निहित हुन्छ।