+ -

عن أنس بن مالك رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَمُعَاذٌ رَدِيفُهُ عَلَى الرَّحْلِ قَالَ: «يَا مُعَاذُ بْنَ جَبَلٍ»، قَالَ: لَبَّيْكَ يَا رَسُولَ اللهِ وَسَعْدَيْكَ، قَالَ: «يَا مُعَاذُ»، قَالَ: لَبَّيْكَ يَا رَسُولَ اللهِ وَسَعْدَيْكَ، ثَلَاثًا، قَالَ: «مَا مِنْ أَحَدٍ يَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ صِدْقًا مِنْ قَلْبِهِ إِلَّا حَرَّمَهُ اللهُ عَلَى النَّارِ»، قَالَ: يَا رَسُولَ اللهِ، أَفَلَا أُخْبِرُ بِهِ النَّاسَ فَيَسْتَبْشِرُوا؟ قَالَ: «إِذًا يَتَّكِلُوا». وَأَخْبَرَ بِهَا مُعَاذٌ عِنْدَ مَوْتِهِ تَأَثُّمًا.

[صحيح] - [متفق عليه]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म उपस्थित छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म उपस्थित छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुनुहुन्छ भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म मानिसहरूलाई यसको जानकारी दिनु हुँदैन ताकि तिनीहरू खुसी हुन्छन्? उहाँले भन्नुभयो: "त्यसोभए तिनीहरू यसमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।

सही - मुत्तफकुन अलैहि

व्याख्या

मुआज बिन जबल (रजियल्लाहु अन्हु) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवारीमा सवार थिए । उहाँले हे मुआज! भनेर तीन पटक आवाज दिनुभयो । तीन पटक सम्बोधन गर्नुको उद्देश्य भनेको उहाँले भन्न लाग्नुभएको कुराको महत्त्व स्पष्ट पार्नु थियो ।
त्यसैले मुआजले हरेक पटक जवाफ दिए: हे अल्लाहको रसूल! म तपाईंको हरेक आवाजको साथ उभिन्छु र यसलाई म आफ्नो लागि गौरवको स्रोत मान्छु ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बताउनुभयो, जसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भनी साँचो हृदयले गवाही दिन्छ अनि त्यही अवस्थामा मर्छ, अल्लाहले उसको लागि नर्क निषेध गर्नुहुनेछ ।
यो सुनेपछि, मुआज (रजियल्लाहु अन्हु) ले मानिसहरूलाई यो हदीस सुनाउन उहाँसंग अनुमति मागे, ताकि मानिसहरूमा खुशीको लहर फैलियोस् ।
तर मानिसहरूले यसमा भर पर्छन् र कर्मको क्षेत्रमा पछाडि हुन्छन् भन्ने डरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मनाही गर्नुभयो ।
त्यसैले मुआज रजिअल्लाहु अनहुले यो हदीस कसैलाई सुनाएनन् । तर, ज्ञान लुकाउने पापमा फस्ने डरले उनले मृत्युअघि यो हदीस सार्वजनिक गरे ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता, उहाँले मुआज रजिअल्लाहु लाई सवारीमा आफ्नो पछाडि बसाउनुभयो ।
  2. यहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षाको एक उत्कृष्ट तरीका छर्लङ्ग हुन्छ, उहाँले मुआज बिन जबल (रजियल्लाहु अन्हु) को ध्यान आकर्षित गर्न बारम्बार बोलाउनुभयो ।
  3. शहादह (गवाही) का शर्तहरू : अल्लाह बाहेक कोही उपासना योग्य छैन र मुहम्मद अल्लाहको रसूल हुनुहुन्छ भन्ने गवाही दिने व्यक्तिले साँचो हृदय र पूर्ण विश्वासका साथ गवाही दिनु पर्छ । यसमा कुनै शङ्का वा झूट हुनुहुँदैन ।
  4. अह्ले तौहीद (एकेश्वरवादी) हरू सधैंभरि नरकमा रहनेछैन । पापले गर्दा नर्कमा गए पनि पावन र शुद्ध भएपछि बाहिर निकालिनेछन् ।
  5. सच्चा हृदयले दुवै गवाही दिने सद्गुण ।
  6. कतिपय अवस्थामा केही हदीसहरू वर्णन गर्दा हानि हुने डरले त्यसलाई बयान नगर्नु पनि अनुमति छ ।
थप