عن أنس بن مالك رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَمُعَاذٌ رَدِيفُهُ عَلَى الرَّحْلِ قَالَ: «يَا مُعَاذُ بْنَ جَبَلٍ»، قَالَ: لَبَّيْكَ يَا رَسُولَ اللهِ وَسَعْدَيْكَ، قَالَ: «يَا مُعَاذُ»، قَالَ: لَبَّيْكَ يَا رَسُولَ اللهِ وَسَعْدَيْكَ، ثَلَاثًا، قَالَ: «مَا مِنْ أَحَدٍ يَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ صِدْقًا مِنْ قَلْبِهِ إِلَّا حَرَّمَهُ اللهُ عَلَى النَّارِ»، قَالَ: يَا رَسُولَ اللهِ، أَفَلَا أُخْبِرُ بِهِ النَّاسَ فَيَسْتَبْشِرُوا؟ قَالَ: «إِذًا يَتَّكِلُوا». وَأَخْبَرَ بِهَا مُعَاذٌ عِنْدَ مَوْتِهِ تَأَثُّمًا.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 128]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 128]

व्याख्या

मुआज बिन जबल (रजियल्लाहु अन्हु) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवारीमा सवार थिए । उहाँले हे मुआज! भनेर तीन पटक आवाज दिनुभयो । तीन पटक सम्बोधन गर्नुको उद्देश्य भनेको उहाँले भन्न लाग्नुभएको कुराको महत्त्व स्पष्ट पार्नु थियो ।
त्यसैले मुआजले हरेक पटक जवाफ दिए: हे अल्लाहको रसूल! म तपाईंको हरेक आवाजको जवाफ दिनेछु र यसलाई म आफ्नो लागि गौरवको कुरा मान्छु ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बताउनुभयो, जसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनी साँचो हृदयले गवाही दिन्छ अनि त्यही अवस्थामा मर्छ, अल्लाहले उसको लागि नर्क निषेध गर्नुहुनेछ ।
यो सुनेपछि, मुआज (रजियल्लाहु अन्हु) ले मानिसहरूलाई यो हदीस सुनाउन उहाँसंग अनुमति मागे, ताकि मानिसहरूमा खुशीको लहर फैलियोस् ।
तर अरूहरूले यसैमा भर पर्छन् र सत्कर्म गर्नमा पछाडि हुन्छन् भन्ने डरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मनाही गर्नुभयो ।
त्यसैले मुआज (रजिअल्लाहु अनहु)ले यो हदीस कसैलाई सुनाएनन् । तर, ज्ञान लुकाउने पापमा फस्ने डरले उनले मृत्युअघि यो हदीस सार्वजनिक गरे ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सरलता र नम्रता, उहाँले मुआज रजिअल्लाहु लाई सवारीमा आफ्नो पछाडि बसाउनुभयो ।
  2. यहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षाको एक उत्कृष्ट तरीका छर्लङ्ग हुन्छ, उहाँले मुआज बिन जबल (रजियल्लाहु अन्हु) को ध्यान आकर्षित गर्न बारम्बार बोलाउनुभयो ।
  3. शहादह (गवाही) का शर्तहरू : अल्लाह बाहेक कोही उपासनाको योग्य छैन र मुहम्मद अल्लाहको रसूल हुन् भन्ने गवाही दिने व्यक्तिले साँचो हृदय र पूर्ण विश्वासका साथ गवाही दिनु पर्छ । यसमा कुनै शङ्का वा झूट समावेश हुनुहुँदैन ।
  4. तौहीद वाला (एकेश्वरवादी) हरू सधैंभरि नरकमा रहनेछैनन् , पापले गर्दा नर्कमा गए पनि शुद्ध भएपछि बाहिर निकालिनेछन् ।
  5. सच्चा हृदयले दुवै गवाही दिँदाको सद्गुण।
  6. कतिपय अवस्थामा केही हदीसहरू वर्णन गर्दा हानि हुने वा गलत अर्थ लाग्ने डर का कारण त्यसलाई बयान नगर्नु पनि अनुमति छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप