+ -

عَنْ عَائِشَةَ أُمِّ المؤْمنينَ رَضيَ اللهُ عنها:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ إِذَا خَرَجَ مِنَ الغَائِطِ قَالَ: «غُفْرَانَكَ».

[صحيح] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 30]
المزيــد ...

उम्मुल-मुमिनीन(आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
"जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'"

[सही] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 30]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचको आवश्यकता पूरा गरेर बाहिर निस्कनुहुन्थ्यो, तब उहाँले यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात्, 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'

हदीसका केही फाइदाहरू

  1. शौचालयबाट बाहिर निस्केपछि “गुफ्रानक” भन्नु मुस्तहब हो ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अवस्थामा अल्लाह सगँ क्षमा याचना गर्नुहुन्थ्यो ।
  3. शौचको आवश्यकता पूरा भएपछि क्षमा माग्नुको कारणबारे भनिएको छ कि अल्लाहका प्रशस्त आशीर्वादहरूप्रति—जसमध्ये शरीरबाट हानिकारक वस्तुहरूको सहज निकास पनि एक हो—कृतज्ञता व्यक्त गर्ने कर्तव्यमा भएको कमी, तथा शौचको समयमा अल्लाहको स्मरण (जिक्र) बाट रोकिनुपरेको कारणले गर्दा उक्त प्रार्थना भनिन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप