عَنْ عَمْرِو بْنُ سُلَيْمٍ الأَنْصَارِيُّ قَالَ: أَشْهَدُ عَلَى أَبِي سَعِيدٍ قَالَ: أَشْهَدُ عَلَى رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الغُسْلُ يَوْمَ الجُمُعَةِ وَاجِبٌ عَلَى كُلِّ مُحْتَلِمٍ، وَأَنْ يَسْتَنَّ، وَأَنْ يَمَسَّ طِيبًا إِنْ وَجَدَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 880]
المزيــد ...

अम्र बिन सुलैम अन्सारीले बयान गरेका छन्, उनले भने: म गवाही दिन्छु कि अबू सईदले भन्नुभयो, र उनले गवाही दिए कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 880]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसका लागि जुमाको नमाज अनिवार्य छ, त्यस्तो प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन नुहाउनु पर्छ। त्यसैगरी दतिउन (वा ब्रश) आदि प्रयोग गरेर दाँत सफा गर्नुपर्छ र यदि उपलब्ध छ भने अत्तर (सुगन्ध) लगाउनु पर्छ।

हदीसका केही फाइदाहरू

  1. प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन स्नान गर्नुपर्छ ।
  2. स्वच्छता र दुर्गन्ध हटाउने कुरा मुस्लिमका लागि शरिअतअनुसार आवश्यक छ।
  3. शुक्रबार (जुमाको दिन) को सम्मान गर्नु र त्यसको लागि तयारी गर्नु पर्छ।
  4. यसमा जुमाको नमाजको लागि दाँत माझ्न कार्य प्रति निश्चित रुपमा सिफारिस गरिएको छ ।
  5. जुमाको नमाजका लागि जानुअघि अत्तर लगाउनु पुण्यदायी (मुस्तहब) हो।
  6. यदि कुनै महिला नमाज वा अन्य कुनै कामको लागि घरबाट बाहिर निस्कन्छिन् भने, उनलाई अत्तर (सुगन्ध) लगाउन अनुमति छैन । किनभने यो निषेधित हो भन्ने कुरा सुन्नतबाट प्रमाणित छ ।
  7. यस हदीसमा “अल-मुहतलिम” शब्दले वयस्क व्यक्तिलाई जनाउँछ। यौवन (बलोगत) का केही निश्चित लक्षणहरू छन्, जसमा तीन लक्षण पुरुष र महिला दुवैमा समान रूपमा पाइन्छन्। पहिलो : १५ वर्षको उमेर पुग्नु, दोस्रो : गुप्ताङ्ग वरिपरि खस्रो रौँ आउनु, तेस्रो : वीर्य स्खलन हुनु, चाहे त्यो स्वप्नदोषमार्फत होस् वा यौन इच्छाका कारण, सपना बिना नै।
  8. जबकि , चौथो लक्षण महिलाका लागि विशेष हो, र त्यो हो महिनावारी सुरु हुनु। त्यसैले, जब महिलामा महिनावारी सुरु हुन्छ, उनी वयस्क (बलिग) ठहर्छिन्।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)