+ -

عَنْ عَمْرِو بْنُ سُلَيْمٍ الأَنْصَارِيُّ قَالَ: أَشْهَدُ عَلَى أَبِي سَعِيدٍ قَالَ: أَشْهَدُ عَلَى رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الغُسْلُ يَوْمَ الجُمُعَةِ وَاجِبٌ عَلَى كُلِّ مُحْتَلِمٍ، وَأَنْ يَسْتَنَّ، وَأَنْ يَمَسَّ طِيبًا إِنْ وَجَدَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 880]
المزيــد ...

अम्र बिन सुलैम अन्सारीले बयान गरेका छन्, उनले भने: म गवाही दिन्छु कि अबू सईदले भन्नुभयो, र उनले गवाही दिए कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 880]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसका लागि जुमाको नमाज अनिवार्य छ, त्यस्तो प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन नुहाउनु पर्छ। त्यसैगरी दतिउन (वा ब्रश) आदि प्रयोग गरेर दाँत सफा गर्नुपर्छ र यदि उपलब्ध छ भने अत्तर (सुगन्ध) लगाउनु पर्छ।

हदीसका केही फाइदाहरू

  1. प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन स्नान गर्नुपर्छ ।
  2. स्वच्छता र दुर्गन्ध हटाउने कुरा मुस्लिमका लागि शरिअतअनुसार आवश्यक छ।
  3. शुक्रबार (जुमाको दिन) को सम्मान गर्नु र त्यसको लागि तयारी गर्नु पर्छ।
  4. यसमा जुमाको नमाजको लागि दाँत माझ्न कार्य प्रति निश्चित रुपमा सिफारिस गरिएको छ ।
  5. जुमाको नमाजका लागि जानुअघि अत्तर लगाउनु पुण्यदायी (मुस्तहब) हो।
  6. यदि कुनै महिला नमाज वा अन्य कुनै कामको लागि घरबाट बाहिर निस्कन्छिन् भने, उनलाई अत्तर (सुगन्ध) लगाउन अनुमति छैन । किनभने यो निषेधित हो भन्ने कुरा सुन्नतबाट प्रमाणित छ ।
  7. यस हदीसमा “अल-मुहतलिम” शब्दले वयस्क व्यक्तिलाई जनाउँछ। यौवन (बलोगत) का केही निश्चित लक्षणहरू छन्, जसमा तीन लक्षण पुरुष र महिला दुवैमा समान रूपमा पाइन्छन्। पहिलो : १५ वर्षको उमेर पुग्नु, दोस्रो : गुप्ताङ्ग वरिपरि खस्रो रौँ आउनु, तेस्रो : वीर्य स्खलन हुनु, चाहे त्यो स्वप्नदोषमार्फत होस् वा यौन इच्छाका कारण, सपना बिना नै।
  8. जबकि , चौथो लक्षण महिलाका लागि विशेष हो, र त्यो हो महिनावारी सुरु हुनु। त्यसैले, जब महिलामा महिनावारी सुरु हुन्छ, उनी वयस्क (बलिग) ठहर्छिन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्