عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنينَ رَضي الله عنها أَنَّهَا قَالَتْ:
إِنَّ أُمَّ حَبِيبَةَ بِنْتَ جَحْشٍ الَّتِي كَانَتْ تَحْتَ عَبْدِ الرَّحْمَنِ بْنِ عَوْفٍ شَكَتْ إِلَى رَسُولِ اللهِ صلى الله عليه وسلم الدَّمَ، فَقَالَ لَهَا: «امْكُثِي قَدْرَ مَا كَانَتْ تَحْبِسُكِ حَيْضَتُكِ، ثُمَّ اغْتَسِلِي». فَكَانَتْ تَغْتَسِلُ عِنْدَ كُلِّ صَلَاةٍ.
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 334]
المزيــد ...
आस्थावानहरुकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
अब्दुर्रहमान बिन औफकी पत्नी उम्मे हबीबा बिन्त जहशले (महिनावारी पछि पनि) रक्तस्रावको समस्याबारे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष गुनासो गर्नुभयो। उहाँले उनलाई भन्नुभयो: "तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।" यसअनुसार, उनी प्रत्येक नमाजको समयमा नुहाउने गर्थिन्।
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 334]
एक सहाबिया (महिला सहाबी) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष निरन्तर रगत बग्ने समस्या बारे गुनासो गरिन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई यो अनियमित रक्तस्राव आउनु अघि जति दिन महिनावारी हुन्थ्यो त्यति दिनसम्म नमाजबाट टाढा रहन र त्यसपछि नुहाएर नमाज पढ्न आदेश दिनुभयो । त्यसैले उनी स्वेच्छाले हरेक नमाजको लागि नुहाउँथिन् ।