عَنِ الْعَبَّاسِ بْنِ عَبْدِ الْمُطَّلِبِ رضي الله عنه أَنَّهُ سَمِعَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، يَقُولُ:
«ذَاقَ طَعْمَ الْإِيمَانِ مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 34]
المزيــد ...

अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें कि उहाँले भन्नुभयो :
"जसले अल्लाहलाई पालनकर्ता र उपास्य, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहक (रसूल) को रूपमा पूर्ण हृदयले स्वीकार गरी प्रसन्न भयो, उसले इमान (आस्था) को स्वाद पायो।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 34]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) बकाउनु भएको छ किआफ्नो विश्वास (ईमान) मा सच्चा र हृदयदेखि नै सन्तुष्ट रहने मुमिन (आस्थावान् व्यक्ति) ले आफ्नो हृदयमा एक प्रकारको प्रशन्नता, विशालता, हर्ष, मिठास र अल्लाहको सामीप्यताको आनन्द महसुस गर्नेछ र प्राप्त गर्नेछ, यदि ऊ यी तीन कुराहरूमा सन्तुष्ट छ भने:
पहिलो: अल्लाहलाई आफ्नो पालनकर्ता (रब) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ यो हो कि अल्लाहले आफ्नो प्रभुत्व (रबूबियत) अनुसार जीविकोपार्जन (रिज्क) र परिस्थितिहरूको जुन बाँडफाँड गर्नुभएको छ, त्यसलाई हृदयदेखि नै प्रसन्नतापूर्वक स्वीकार गर्नु। उहाँको कुनै पनि निर्णयप्रति हृदयमा कुनै असन्तुष्टि वा आपत्ति नराख्नु र अल्लाह बाहेक अरू कसैलाई आफ्नो प्रभु नमान्नु।
दोस्रो: इस्लामलाई आफ्नो धर्मको रूपमा स्वीकार गर्नु र यसप्रति प्रसन्न हुनु। यसको अर्थ इस्लामले तोकेका कर्तव्य, दायित्व र जिम्मेवारीहरूलाई खुसीसाथ स्वीकार गर्नु हो। जीवनका हरेक पक्षमा इस्लामले देखाएको मार्ग बाहेक अन्य कुनै बाटोमा नलाग्नु।
तेस्रो: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूल (दूत) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ उहाँले ल्याइएका सम्पूर्ण शिक्षाहरूलाई कुनै पनि शङ्का वा संकोच बिना अन्तरहृदयदेखि स्वीकार गर्नु र त्यसमा प्रसन्न हुनु हो। साथै, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र मार्गदर्शनको पूर्ण रूपमा अनुसरण गर्नु हो।

हदीसका केही फाइदाहरू

  1. जसरी खाद्य र पेय पदार्थको मिठास मुखद्वारा आस्वादन गरिन्छ, ठीक त्यसैगरी ईमान (आस्था) को मिठास र स्वाद हृदयद्वारा महसुस हुन्छ।
  2. जसरी शरीर स्वस्थ र तन्दुरुस्त रहँदा मात्र भोजन र पेय पदार्थको मिठास ग्रहण गर्न समर्थ हुन्छ, ठीक त्यसैगरी हृदय पनि जब भ्रामक इच्छाहरू र वर्जित (हराम) कुराहरूबाट मुक्त हुन्छ, तब मात्र उसले ईमानको मिठास महसुस गर्दछ। तर जब हृदय (आत्मिक रूपमा) रोगी हुन्छ, उसले ईमानको मिठास पाउन सक्दैन; बरु उल्टै उसलाई तिनै विनाशकारी पापहरू र अवैध इच्छाहरू नै प्रिय र रुचिकर लाग्न थाल्छन्।
  3. "जब मानिस कुनै कुराप्रति पूर्ण रूपमा सन्तुष्ट हुन्छ र त्यसलाई उत्तम ठान्दछ, तब त्यससम्बन्धी कार्य उसका निम्ति अत्यन्त सहज बन्न पुग्छ। उसलाई त्यसमा रत्तिभर पनि कठिनाइ महसुस हुँदैन। त्यसबाट प्राप्त हुने हरेक कुरामा ऊ हर्षित हुन्छ र त्यो प्रसन्नता उसको हृदयमा मिसिन्छ।
  4. ठीक त्यसैगरी, जब एक मोमिन (विश्वासी) को हृदयमा ईमान (आस्था) ले बास गर्छ, तब आफ्ना पालनकर्ताको आज्ञापालन गर्नु उसका लागि सहज र रुचिकर बन्छ। उसले त्यसमा आत्मिक आनन्दको अनुभूति गर्छ र धार्मिक कर्तव्यहरू पूरा गर्दा कुनै प्रकारको कष्ट वा बोझ महसुस गर्दैन।"
  5. इब्नुल-कैय्यिमले भन्नुभएको छ: 'यस हदीसमा अल्लाहको रुबुबियत (प्रभुत्व) र उलूहीयत (ईश्वरत्व) प्रति सन्तुष्टि, तथा उहाँका रसूल र उहाँको धर्मप्रति पूर्ण समर्पण र सन्तुष्टिको कुरा समावेश छ।'
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू इन्डोनेसिया थप (49)
थप