+ -

عَنِ ‌ابْنِ عَبَّاسٍ رَضِيَ اللهُ عَنْهُمَا:
أَنَّ نَاسًا مِنْ أَهْلِ الشِّرْكِ، كَانُوا قَدْ قَتَلُوا وَأَكْثَرُوا، وَزَنَوْا وَأَكْثَرُوا، فَأَتَوْا مُحَمَّدًا صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالُوا: إِنَّ الَّذِي تَقُولُ وَتَدْعُو إِلَيْهِ لَحَسَنٌ، لَوْ تُخْبِرُنَا أَنَّ لِمَا عَمِلْنَا كَفَّارَةً، فَنَزَلَ {وَالَّذِينَ لا يَدْعُونَ مَعَ اللهِ إِلَهًا آخَرَ وَلا يَقْتُلُونَ النَّفْسَ الَّتِي حَرَّمَ اللهُ إِلا بِالْحَقِّ وَلا يَزْنُونَ}[الفرقان: 68]، وَنَزَلَت: {قُلْ يَا عِبَادِيَ الَّذِينَ أَسْرَفُوا عَلَى أَنْفُسِهِمْ لا تَقْنَطُوا مِنْ رَحْمَةِ اللهِ} [الزمر: 53].

[صحيح] - [متفق عليه]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
धेरै हत्या र धेरै व्यभिचार गरेका केही बहुदेववादीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट श्लोकहरू अवतरण गर्नुभयो: "जसले अल्लाहबाहेक अन्य देवीदेवतालाई पुकार्दैनन्, अनाहक कसैको हत्या गर्दैनन् र व्यभिचार गर्दैनन् ।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]

सही - मुत्तफकुन अलैहि

व्याख्या

धेरै हत्या र धेरै व्यभिचार गरेका केही बहुदेववादीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
व्यक्तिले जतिसुकै र जति ठूला पाप गरे पनि यदि उसले सच्चा हृदयले पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप अवश्य स्वीकार गर्नुहुनेछ भनेर दुई श्लोकहरू अवतरण गरियो । यदि यसो नभएको भए मानिसहरूले अविश्वास र अवज्ञाको मार्गलाई निरन्तरता दिने थिए र इस्लामलाई स्वीकार गर्ने थिएनन् ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इस्लामको सद्गुण र महानता; किनभने इस्लामले विगतका सबै पापहरू मेटाउँछ ।
  2. अल्लाहको आफ्ना सेवकप्रति अपार कृपा, व्यापक दया र क्षमा ।
  3. शिर्क, अनाहक हत्या र व्यभिचार निषेध गरिएको छ र यी अपराधहरूमा संलग्न हुनेहरूका लागि धेरै कडा चेतावनी छ ।
  4. साँचो र निष्कपट पश्चात्ताप र त्यसपछि असल कर्महरूले अल्लाहप्रति कुफ्र (अविश्वास) सहित सबै पापहरू मेटाउँछ ।
  5. अल्लाहको दया र कृपाबाट निराश हुनु हराम हो ।
थप