+ -

عَنْ عَبْدِ اللهِ بْنِ عَمْرِو بْنِ الْعَاصِ رضي الله عنهما قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«كَتَبَ اللهُ مَقَادِيرَ الْخَلَائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ، قَالَ: وَعَرْشُهُ عَلَى الْمَاءِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2653]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें :
"अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2653]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहले आकाश र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले सबै प्राणीहरूको जीवन, मृत्यु र जीविकोपार्जन आदि इत्यादि बारे विस्तृत रूपमा लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नु भएको थियो । यी सबै कुरा अल्लाहको इच्छा र आदेश अनुसार घटित हुनेछन्। त्यसैले (यो संसारमा) जेजसो भैरहेको छ, त्यो अल्लाह तआलाको इच्छा र निर्णयअनुसार भईरहेको छ । त्यसैले भक्तले जुन दु:ख र कष्ट भोग्‍दछ, त्यो उसित हुने नै थियो र जसबाट जोगिन्छ भनी लेखिएको छ त्यो उसित कहिल्यै हुने छैन।

हदीसका केही फाइदाहरू

  1. भाग्य र अल्लाहको निर्णय प्रति विश्वास गर्नु अनिवार्य छ ।
  2. तकदीर (भाग्य) प्रति आस्था राख्नु भनेको अल्लाहलाई सबै कुराको सर्वज मान्नु, र उहाँले यी कुराहरू लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नुभएको छ, र संसारमा जे पनि भइरहेको छ अल्लाहको इच्छाले भइरहेको छ र उहाँले नै रचना पनि गर्नुहुन्छ भन्ने आस्थामा विश्वास राख्नु हो।
  3. आकाश र पृथ्वीको सृष्टि हुनुअघि नै भाग्य लेखिएको हो भन्ने आस्थामा विश्वासले मानिसमा सन्तुष्टि र समर्पणको भावना जगाउँछ।
  4. आकाश र पृथ्वीको सृष्टि हुनु अघि अल्लाहको अर्श (आसन) पानी माथि थियो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप