عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«الْمُؤْمِنُ الْقَوِيُّ، خَيْرٌ وَأَحَبُّ إِلَى اللهِ مِنَ الْمُؤْمِنِ الضَّعِيفِ، وَفِي كُلٍّ خَيْرٌ، احْرِصْ عَلَى مَا يَنْفَعُكَ، وَاسْتَعِنْ بِاللهِ وَلَا تَعْجَزْ، وَإِنْ أَصَابَكَ شَيْءٌ، فَلَا تَقُلْ لَوْ أَنِّي فَعَلْتُ كَانَ كَذَا وَكَذَا، وَلَكِنْ قُلْ قَدَرُ اللهِ وَمَا شَاءَ فَعَلَ، فَإِنَّ (لَوْ) تَفْتَحُ عَمَلَ الشَّيْطَانِ».
المزيد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ । तिमीले आफूलाई लाभदायक हुने कुराको लागि प्रयासरत रहनुपर्छ, अल्लाहसँग मद्दत माग्नु र हरेस नखानु । कुनै विपत्ति आइपर्यो भने यदि मैले यो गरेको भए यो र यो हुन्थ्यो भनी नभन्नु, बरु यसो भन्नु, "कदरुल्लाहि वमा शाअ फअ़ल" (अर्थात यो अल्लाहको निर्णय हो र उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ) । किनकि 'यदि' शब्दले शैतानलाई मनभित्र खेल्ने मौका दिन्छ।"