+ -

عَنْ أَبِي الدَّرْدَاءِ رضي الله عنه: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إِنَّ اللَّعَّانِينَ لَا يَكُونُونَ شُهَدَاءَ وَلَا شُفَعَاءَ يَوْمَ الْقِيَامَةِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2598]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"जसले अत्यधिक सराप्छन्, तिनीहरू कयामतको दिन साक्षी वा सिफारिसकर्ता हुनेछैनन्।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2598]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले अयोग्य व्यक्तिलाई अत्यधिक गाली गर्छ, उसले दुईवटा सजाय पाउनुपर्छ: पहिलो सजाय यो हो: कियामतको दिन उसलाई उम्मतहरूका विरुद्ध साक्षी बन्ने सम्मान दिइँदैन, जसले प्रमाणित गर्छ कि रसूलहरूले अल्लाहको सन्देश उनीहरूलाई पुर्याएका थिए। दुनियाँमा पनि उसको साक्षी अस्वीकार गरिन्छ, किनकि उसको बोली र व्यवहार पापपूर्ण हुन्छ। अनि उसलाई अल्लाहको मार्गमा मृत्यु (शहादत) प्राप्त गर्ने महान सम्मान पनि दिइँदैन। दोस्रो सजाय यो हो: कियामतको दिन जब धर्मपरायण मुसलमानहरूलाई अल्लाहले आफ्ना भाइहरूका लागि सिफारिस (शफाअत) गर्ने अनुमति दिनुहुन्छ—जसले पापका कारण नरकको सजायको हकदार भएका छन्—त्यतिबेला (शाप दिने बानी भएका) मानिसहरूलाई यो अधिकार दिइँदैन।

हदीसका केही फाइदाहरू

  1. सराप्नु वा गालीगलौज गर्नु निषेध गरिएको छ र बारम्बार गर्नु ठूलो पाप हो।
  2. हदीसमा उल्लेख गरिएको सजाय केवल बारम्बार सराप्नेहरूका लागि हो, एक पटक वा यस्तै कुनै चीजको लागि होइन, साथै यसले इस्लामले अनुमति दिएको शापलाई पनि बाहिर राख्छ, जुन शरियतले स्पष्ट रूपमा निन्दनीय गुण भएका समूहहरूलाई सामान्य रूपमा शाप दिन आदेश गरेको छ, तर व्यक्तिगत रूपमा कसैलाई लक्षित नगरी।जस्तै: "यहूदी र ईसाईहरूमाथि अल्लालाहको लाअनत(शाप) होस्"। “अत्याचारीमाथि अल्लालाहको लाअनत होस्,” “तस्बिर (प्रतिमा) बनाउनेहरूलाई अल्लाहले श्राप देऊन्,” “अल्लाहको शाप लूतको जातिले गरेको काम गर्नेहरूमा होस्” “अल्लाह बाहेक अरूलाई बलिदान दिनेहरूलाई अल्लाहले श्राप देऊन्,” “महिलाको नक्कल गर्ने पुरुषहरूलाई अल्लाहले श्राप देऊन् र पुरुषको नक्कल गर्ने महिलाहरूलाई अल्लाहले श्राप देऊन्,” आदि।
  3. न्यायको दिनमा मुमिन (धर्मपरायण) मुसलमानहरूको मध्यस्थताको पुष्टिगरिएको छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप