عَنِ ابْنِ عُمَرَ رضي الله عنهما أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«أُمِرْتُ أَنْ أُقَاتِلَ النَّاسَ حَتَّى يَشْهَدُوا أَنْ لاَ إِلَهَ إِلَّا اللَّهُ، وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ، وَيُقِيمُوا الصَّلاَةَ، وَيُؤْتُوا الزَّكَاةَ، فَإِذَا فَعَلُوا ذَلِكَ عَصَمُوا مِنِّي دِمَاءَهُمْ وَأَمْوَالَهُمْ إِلَّا بِحَقِّ الإِسْلاَمِ، وَحِسَابُهُمْ عَلَى اللَّهِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 25]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन् । यदि तिनीहरूले त्यसो गरे भने, इस्लामको हक बाहेक तिनीहरूको रगत र सम्पत्ति मबाट सुरक्षित हुनेछ र तिनीहरूको हिसाब अल्लाहसँग छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 25]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जबसम्म बहुदेववादीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन, उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन्, अल्लाहले मलाई लड्न आदेश दिनुभएको छ । यदि तिनीहरूले यी कामहरू गर्छन् भने, इस्लामले तिनीहरूको रगत र सम्पत्तिको रक्षा गर्दछ । त्यसैले तिनीहरूलाई मार्नु अनुमति छैन । यदि तिनीहरूले कुनै अपराध वा हत्या गर्छन् भने तिनीहरूलाई इस्लामको प्रावधान र विधान अनुसार दण्ड दिइने छन् । त्यसपछि अल्लाहले कयामतको दिन तिनीहरूको हिसाब-किताब लिनुहुनेछ किनकि उहाँ तिनीहरूका गोप्य कुराहरू जान्नुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. फैसला बाहिरी रूप अनुसार हुन्छ र गोप्य कुराहरू अल्लाहले मात्र जान्नुहुन्छ ।
  2. तौहीद (एकेश्वरवाद) तर्फ आह्वानको महत्त्व र सबै भन्दा पहिला तौहीदबाट सुरु गर्नुपर्छ ।
  3. यस हदीसको मतलब बहुदेववादीहरूलाई इस्लाममा प्रवेश गर्न बाध्य पारिएको कदापी होइन, बरु उनीहरूलाई इस्लाममा प्रवेश गर्ने वा कर तिर्ने विकल्प दिइएको छ । यदि तिनीहरूले यसलाई अस्वीकार गर्छन् भने, इस्लामको प्रावधान अनुसार युद्ध गर्न सकिन्छ ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (62)
थप