عَنْ ‌أَبِي هُرَيْرَةَ عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ:
«سَيَكُونُ فِي آخِرِ أُمَّتِي أُنَاسٌ يُحَدِّثُونَكُمْ مَا لَمْ تَسْمَعُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ، فَإِيَّاكُمْ وَإِيَّاهُمْ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 6]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “
"मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 6]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले झुट बोल्ने छन् र पहिले कसैले नभनेका कथाहरू भन्ने छन् । तिनीहरूले नबीको नामम झूटा र मनगढन्त हदीसहरू भन्नेछन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस्ता व्यक्तिहरूबाट टाढा रहन, उनीहरूलाई नभेट्न र तिनीहरूको कुरा नसुन्न हामीलाई आदेश दिनुभएको छ; ताकि झूटा कुराहरू हाम्रो हृदयमा नबसोस्, जसबाट पछि मुक्त हुन गार्हो हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. यसमा, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको रसूल हुनुहुन्छ भन्ने कुराको निकै महत्त्वपूर्ण संकेत वर्णन गरिएको छ । उहाँले भविष्यमा हुने कुराको जानकारी दिनुभयो र पछि भने जस्तै हुन गयो ।
  2. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाममा मनगढन्त हदीसहरू बयान गर्ने र इस्लाम धर्मको बारेमा मिथ्या कुरा गर्नेहरूबाट टाढा रहनु पर्छ र तिनीहरूको मनगढन्त कुरा सुन्नु हुँदैन ।
  3. हदीसहरू सही प्रमाणित नभएसम्म त्यसलाई स्वीकार गर्न वा सम्प्रेषण गर्न विरुद्ध चेतावनी ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (57)
थप