+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ:
«سَيَكُونُ فِي آخِرِ أُمَّتِي أُنَاسٌ يُحَدِّثُونَكُمْ مَا لَمْ تَسْمَعُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ، فَإِيَّاكُمْ وَإِيَّاهُمْ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “
"मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले झुट बोल्ने छन् र पहिले कसैले नभनेका कथाहरू भन्ने छन् । तिनीहरूले नबीको नामम झूटा र मनगढन्ते हदीसहरू भन्नेछन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस्ता व्यक्तिहरूबाट टाढा रहन, उनीहरूलाई नभेट्न र तिनीहरूको कुरा नसुन्न हामीलाई आदेश दिनुभएको छ; ताकि झूटा कुराहरू हाम्रो हृदयमा नबसोस्, जसबाट पछि मुक्त हुन गार्हो हुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यसमा, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको रसूल हुनुहुन्छ भन्ने कुराको निकै महत्त्वपूर्ण संकेत वर्णन गरिएको छ । भविष्यमा हुने कुराको बारेमा जानकारी दिनुभयो र त्यो पछि उहाँले भने जस्तै घटियो ।
  2. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाममा मनगढन्ते हदीसहरू बयान गर्ने र इस्लाम धर्मको बारेमा मिथ्या कुरा गर्नेहरूबाट टाढा रहनु पर्छ र तिनीहरूको मनगढन्ते कुरा सुन्नु हुँदैन ।
  3. हदीसहरू सही प्रमाणित नभएसम्म त्यसलाई स्वीकार गर्न वा प्रकाशित गर्न विरुद्ध चेतावनी ।
थप