عَنْ حُذَيْفَةَ رضي الله عنه قَالَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا قَامَ مِنَ اللَّيْلِ يَشُوصُ فَاهُ بِالسِّوَاكِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 245]
المزيــد ...

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 245]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यधिक रुपमा मिस्वाक (दतवन) गर्नुहुन्थ्यो र मिस्वाक गर्ने आदेश दिनुहुन्थ्यो। केही विशेष समयहरूमा मिस्वाक गर्नु मुस्तहब हो, जस्तै: रातमा उठ्दा; किनभने जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) निद्राबाट ब्युँझनुहुन्थ्यो, तब उहाँ आफ्नो मुख मिस्वाकले सफा गर्नुहुन्थ्यो।

हदीसका केही फाइदाहरू

  1. यसबाट राति सुतेर उठेपछि मिस्वाक (दतवन) गर्नु वैध र महत्वपूर्ण भएको पुष्टि हुन्छ, किनकि निद्राले मुखको गन्ध परिवर्तन हुन्छ र मिस्वाक मुख स्वच्छ राख्ने उत्तम साधन हो।
  2. मुखबाट जुनसुकै बेला दुर्गन्ध आएको अवस्थामा मिस्वाक गर्नु वैध रहेको र यसप्रति जोड दिइएको कुराको पुनः पुष्टि हुन्छ, र यो कुरा माथि उल्लेखित अर्थबाट नै सिद्ध हुन्छ।
  3. यस हदीसमा व्यापक रूपमा सरसफाइको वैधता र महत्व स्पष्ट गरिएको छ, र यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत तथा उच्च शिष्टाचारमध्येको एक उत्कृष्ट शिष्टाचार हो ।
  4. मिस्वाक (दतिवन वा दाँतको बुरुस) द्वारा मुख पूरै सफा गर्नुको अर्थ दाँत, गिजा र जिब्रो सबैलाई राम्ररी सफा गर्नु हो।
  5. पिलु वा अन्य कुनै वनस्पतिबाट दतिवन बनाउन सकिन्छ, जसलाई मुख र दाँत सफा गर्न प्रयोग गरिन्छ। यसले मुख सफा गर्छ र दुर्गन्ध हटाउँछ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (51)
थप